सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन, बैठक फेरि बस्ने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँडको बिषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा सीट बाँडफाँटका बिषयमा छलफल भए पनि कुनै निष्कर्ष निस्कन नसकेको हो ।

बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलहरुबीच आन्तरिक छलफल गरेर पुनः गठबन्धनको बैठक बस्ने जानकारी दिए । सत्ता गठबन्धनबीच राष्ट्रियसभा सदस्य निर्वाचनका बिषयमा मात्रै छलफल भए पनि एमालेसँग भने समसामयिक राजनीतिक विषयमा समेत छलफल भइरहेको उनले बताए ।

राष्ट्रियसभा सदस्य निर्वाचन आफ्नो दललाई शुन्य नबनाउन एमालेले आग्रह गरेपछि सिट व्यवस्थापनका बिषयमा गठबन्धनबीच छलफल भइरहे पनि कुनै निष्कर्ष आउन सकेको छैन ।

सत्ता गठबन्धनका एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबाट एमालेलाई राष्ट्रिय सभामा सिट दिने ’boutमा बिरोध गरेपछि बैठक निष्कर्षविहिन भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनकौलमा कांग्रेसको खाता खुल्यो, अध्यक्षमा साह उपाध्यक्षमा सहनी बिजयी