काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमालेलाई नसमेट्ने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई नसमेट्ने निर्णय गरेको हो। गठबन्धनबीच भागबण्डा टुंग्याउन आजै फेरि बैठक बस्नेछ। यसअघि प्रधानमन्त्री प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि समेट्ने गरी जानुपर्ने प्रस्ताव राखेका थिए।
नेकपा एसले माग्यो अध्यक्षसहित पाँच सिट
नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनमा राष्ट्रिय सभाका पाँच सिट र अध्यक्ष मागेको छ। गठबन्धनको आजको बैठकमा नेकपा एसले राष्ट्रिय सभा अध्यक्षसहित पाँच सिटमा भाग मागेको हो। नेकपा एसको सचिवालय बैठकमा समेत यस’boutमा ब्रिफिङ भएको छ। गठबन्धनभित्र राष्ट्रिय सभाका २० सिटमध्ये कांग्रेस १३ र माओवादी केन्द्रले ७ सीटमा दाबी गरेको छ।