विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई २ लाखको पुरस्कार

पोखरा । श्रीपती समाज सेवा पुरस्कारबाट विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको छ । विन्ध्यवासिनी मन्दिरको विकाससँगै मानवीय सेवामा समेत समर्पित रहेको भन्दै श्रीपती कोइराला गुठी पोखराले समितिलाई शनिबार उक्त पुरस्कार प्रदान गरेको हो ।

गुठीको ३१ औं साधारण सभाको अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गुठी अध्यक्ष फडिन्द्रराज कोइराला लगायतले समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठ र सदस्यसचिव तीर्थ श्रेष्ठलाई २ लाख २२ हजार २२२ सहित ताम्रपत्र, दोसल्ला र पदकले सम्मान गरे ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति नेपालको प्रमुख शक्तिपीठमध्ये एक हो । जो पोखराकै प्रसिद्ध विन्ध्यवासिनी मन्दिर संरक्षण, विकास, बिस्तार र सौन्दर्यकरणमा खटिँदैआएको छ । विन्ध्यवासिनी धार्मिक विकासअन्तर्गत बहुउद्देश्यीय सत्संग भवन, विन्ध्यवासिनी वैदिक विद्याश्रमको छात्रवास भवन, सत्य हवन हुने यज्ञमण्डप र पूजामण्डप, विन्ध्यवासिनी वैदिक विद्याश्रम, विभिन्न देवी देवताका मठमन्दिर निर्माण एवं सञ्चालित छन् । समितिले विन्ध्यबसिनी गुरुकुल विद्याश्रम सञ्चालन गर्नुका साथै ज्येष्ठ नागरिक सेवा केन्द्र निशुल्क चलाउँदै आएको छ ।

यसअघि यो पुरस्कारबाट मानव बेचबिखनविरुद्धको क्षेत्रमा काम गर्ने माइती नेपाल, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र र सर्लाहीको पद्म भुवनेश्वरी नमूना बृद्ध सेवा आश्रम पुरस्कृत भइसकेको गुठीका निवर्तमान अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले नपत्याएका ३३ वर्षिय थापा शिवराजमा मेयर निर्वाचित