आवास पीडित दलितद्वारा गौरमा प्रदर्शन

रौतहट । रौतहटका आवास पीडित दलितहरु आन्दोलित भएका छन् । ती आन्दोलनकारीहरुले आफ्नो निर्माणाधीन घरको भुक्तानीको माग गर्दै आज रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् ।

गौर स्थित प्राविधिक कार्यालय घेराउ गर्दै उनीहरुले मधेस सरकारका बिरुद्धमा नाराबाजी समेत गरेका छन् । रौतहटको मौलापुरमा दलितहरुको निर्माण भएको घरको भुक्तानी अहिलेसम्म नपाएको र कतिपय निर्माणाधीन घरको काम पनि रोकिएकाले उनीहरु आन्दोलित भएका हुन् ।

मदेस प्रदेश सरकारद्वारा जनता आवास कार्यक्रम अन्तर्गत आ.ब. २०७८ मै मौलापुर नगरपालिकामा बनाउन शुरू गरेका घरहरु अझै अधुरै छन । घर निर्माण भएको भुक्तानी हालसम्म न पाएको र निर्माणाधीन घरको काम पनि रोकिएकोले पीडितहरुले गौरमा प्रदर्शन सहित प्राविधिक कार्यलय घेराउ गरेका हुन ।

यस बिषयमा पटक–पटक आग्रह गर्दा समेत कुनै सुनुवाई नभएकाले बाध्य भएर आफूहरु प्रदर्शनमा उत्रिनुपरेको उनीहरुको भनाई रहेको छ । मधेस प्रदेश सरकारले निर्माण भएको घरको भुक्तानी छिटो गर्नुपर्ने र रोकिएको निर्माणाधीन घरको निर्माण कार्य यथासिघ्र सुरु गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पर्सामा एमालेले बिरासत तोड्यो