दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । उनले मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् ।

उनीमाथि प्राधिकरणले गर्ने विभिन्न खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा मन्त्रालय, अख्तियार र संसदीय समितिले छानबिन गरिरहेका छन् । एमडीएमएस, टेरामक्सलगायतका अर्बौंका परियोजनामा भ्रष्टाचार गरेकोमा छानबिन भइरहेको बेला उनले राजीनामा दिएका हुन् ।

प्राधिकरण स्रोतका अनुसार उनी आजैबाट बिदाबारी भएर हिँडेका छन् । खनालको कार्यकाल आगामी साउन पहिलो सातासम्म थियो । तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले उनलाई २०७६ साउन ६ मा ५ वर्षका लागि नियुक्ति गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

epaper

ताजा समाचार

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण