Monday, March 1, 2021
Home Breaking News अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण

अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण

वासिङ्टन डिसी । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन् ।

अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखिएको छ । रासससँगको कुराकानीका क्रममा अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरेको बताउनुभएको छ । अमेरिका भ्रमणमा रहेका कतिपय नेपालीको भिसाको म्याद सकिएको र उनीहरुमा ‘ओभरस्टे’ हुने हो कि भन्ने आशङ्का रहेको छ ।

अमेरिकाको राज्यसभाको विधायकमा निर्वाचित ह्यारी भण्डारीले नेपालीभाषी अमेरिकीको सहयोगका लागि आफ्नो कार्यालयले विभिन्न कार्यक्रम गरेको बताउनुभयो । भण्डारीले आफ्नो विभिन्न माध्यम तथा स्थानीय नेपाली समुदायसँगको परामर्शका आधारमा दैनिकरूपमा नेपालीभाषीहरु कोरोनाबाट सङ्क्रमित भएको रिपोर्ट आएको बताउनुहुन्छ । भण्डारीको कार्यालयले नेपालीभाषीका लागि बेरोजगार घोषणा गर्ने फर्म तथा व्यवसायमा आधारित कर्जा तथा कतिपय व्यक्तिको सङ्क्रमण परीक्षणका लागि सहयोग गरेको बताउनुहुन्छ । सङ्घीय जनप्रतिनिधिसँग समेत सहकार्य गरेर नागरिकका विभिन्न समस्याको सहजीकरणका लागि काम गरिरहेको उहाँले बताउनुभयो । भण्डारीले मेरिल्याण्ड जनरल एसेम्बलीमा हेल्थ एण्ड गभर्नमेन्ट अपरेशन कमिटीको सदस्यका रूपमा समेत काम गरिरहनुभएको छ ।

यसपटक मेरिल्याण्डको जनरल एसेम्बली १५८ वर्षमा पहिलोपटक तोकिएको समयभन्दा अगावै कोरोना भाइरसका कारणले अन्त्य गरिएको थियो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा पेशाले चिकित्सकसमेत रहनुभएका डा केशव पौडेल अमेरिकामा रहेका नेपालीमा मनोवैज्ञानिक सन्त्रास अत्यधिक रहेको बताउनुहुन्छ । कोरोना भाइरसको सामान्य लक्षण देखिएका ८० प्रतिशतभन्दा बढीले खानपान र सामाजिक भेटघाट कम गरी आफैँ क्वारेन्टाइनमा बस्दा यसमा कुनै चिन्ता लिनुनपर्ने पौडेलको भनाइ छ ।

रासससँग कुरा गर्दै पौडेलले भन्नुभयो, “अमेरिकाभरिका बिरामीको प्रकृति र प्रवृत्ति हेर्दा १५ प्रतिशतलाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आएको र पाँच प्रतिशतलाई इन्सेटिभ केयर युनिट (अति सघन कक्ष) मा भर्ना गर्नुपरेको देखिएको छ । त्यसमध्ये करिब एक दशमलव ४ प्रतिशतका बिरामीले जीवन गुमाउनुपरेको छ । पौडेलका अनुसार करिब ५०० नेपाली कोरोना भाइरसको सङ्क्रमित भएका छन् । तीमध्ये करिब आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कोरोनाका कारण न्यूयोर्कमा बस्दै आउनुभएका अनिल लिम्बूको गत साता निधन भएको थियो ।

यो पनि पढ्नुहोस   खोप अभियानलाई देशव्यापी बनाइँदै

नेपालीहरु अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, न्यूजर्सी, पेन्सलभेनिया, टेक्सासलगायतका स्थानमा बढी बसोबास गर्ने तथ्याङ्क छ । यसैगरी मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि बसोबास गर्दै आएका छन् । अमेरिकाको पचासै राज्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने मुख्यरूपमा न्यूयोर्कमा बढी देखिएको । न्ययोर्कमा मात्र करिब ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्याङ्क रहेको छ ।

तर सङ्घीय सरकारले स्वास्थ्य बीमा नभएकाहरुको पनि उपचार गर्ने र राहत प्याकेजअन्तर्गतको प्रतिव्यक्ति १२ सय डलर उपलब्ध गराउने भएकाले धेरै आत्तिन नपर्ने धारणा भण्डारीको छ । भण्डारीले हरेक राज्यमा बस्ने नेपालीलाई सहयोग गर्न आफ्नो कार्यालयले राज्यपिच्छेको सम्पर्क ठेगानासहितको विवरण आफ्नो वेबसाइटमा राखेकोसमेत बताउनुभएको छ ।

अमेरिकामा ३०० रजिष्टर्ड नर्स आबद्ध रहेको सान सोसाइटी अफ अमेरिकन नेप्लिजको अध्यक्ष रहनुभएकी मञ्जु सङ्ग्रौलाले दिनुभएको जानकारीअनुसार उहाँहरुसँग आबद्ध नर्सहरु सबै ‘एक्टिभ ड्युटी’मा रहेका छन् । यसैगरी एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटाले रासससँग कुरा गर्दै भन्नुभयो, “हामीले अनौपचारिक तथ्याङ्क सङ्कलन गरेका छौँ, यसरी तथ्याङ्क केलाउँदा करिब ५०० कोरोना भाइरसको सङ्क्रमित हुनुभएको देखिएको छ । तीमध्ये ८० प्रतिशतभन्दा बढी घरमा नै आइसोलेसनमा बसेका छन् ।” सापकोटाका अनुसार कोरोना भाइरस पोजेटिभ देखिँदैमा जीवन अन्त्य हुन्छ भन्ने भ्रमबाट सबै मुक्त हुनुपर्छ । अमेरिकामा आफ्नो स्वास्थ्य अस्वस्थाका बारेमा जानकारी दिने विषय गोपनीयताको हक भएकाले पनि यकिन तथ्याङ्क पत्ता लगाउन कठिन हुने सापकोटाको भनाइ छ ।

नागरिक अगुवादेखि नेपाली दूतावासका प्रतिनिधि र अमेरिकाका जनप्रतिनिधिसमेत सबैले एकै स्वरमा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको मार्गनिर्देशनहरु अक्षरशः पालना गर्न समुदायमा अपिल गरेका छन् ।

(Visited 2,277 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

साताका लोकप्रिय समाचार

सिन्धुपाल्चाेकमा दाहाल–नेपाल समुह संगठन विस्तारमा अक्रामक

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिक रुपमा विभाजन नभएपनि सिन्धुपाल्चोकमा दुवै नेकपाले संगठन सुदृढीकरण अभियानलाई आक्रमक बनाइरहेका छन् । ओली पक्ष नेकपा र दाहाल–नेपाल पक्ष...

दुई महिनाभित्रै काठमाडाैंका धारामा मेलम्चीको पानी

सिन्धुपाल्चोक । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दोस्रोपटक पानी पथान्तरण सँगै अबको दुई महिनाभित्र मेलम्चीको पानी राजधानी काठमाडांै आउने भएको छ । राजधानीवासीको प्यास मेट्ने...

बाबुको हत्या अभियोगमा छोरा पक्राउ

पोखरा । आफ्नै बुबाको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले छोरालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
यो पनि पढ्नुहोस   खोप अभियानलाई देशव्यापी बनाइँदै
कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुरकोट घर भई...

सर्वोच्च अदालतको ऐतिहासिक फैसलाः अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन् । उनले भने, “सर्वोच्च अदालतको ऐतिहासिक...

प्रचण्डसँग वामदेवको प्रस्ताव :ओलीलाई सम्मानजनक ढंगले बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई बिहीबार खुमलटारमा भेट गरेका छन् । नयाँ सत्ता समीकरणको तयारी तीव्र...

ट्रेन्डिङ

नैतिकता र राजीनामाको भेट

आजभन्दा दई वर्षअघि ३ फागुनका दिन प्रधानमन्त्री नियुक्त भएका दिनदेखि नै विकास र समृद्धिका लागि प्रतिबद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका दुई...

चीनबाट छुट्यो काठमाडौंका लागि कार्गो रेल

काठमाडौं । चीनको उत्तर पश्चिम प्रान्त साङ्सीको राजधानीबाट काठमाडौंका लागि कार्गाे रेल छुटेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार नेपालका लागि सियानबाट कार्गो सेवा सुरु...

पटके सवारी शुल्क असुल खारेज गर्न संघको माग

वीरगन्ज । वीरगन्ज उद्योग बाणिज्य संघले महानगरपालिकाले पटके सवारी व्यवस्थापन करमा अत्याधिक रकम असुल्न थालेको भन्दै त्यो शुल्क खारेज गर्न माग...

प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा प्रदर्शन भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैबाट प्रधानमन्त्री एवं अध्यक्ष ओलीको...

आज मध्यम वर्षाको सम्भावना

काठमाडाैं ।  मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान...

कोभिड–१९ र आर्थिक समृद्धिको सम्भावना

कोभिड–१९ ले कृषि क्षेत्रमा आत्मनिर्भरताको सम्भावना उजगर गरेसँगै पशुपक्षीको विकासबाट आर्थिक समृद्धि हासिल हुने मुद्दा पनि चर्चामा आएको छ । विश्व मानव सभ्यताको विकाससँगै...

बैतडीमा एकैदिन २ जनाले गरे झुण्डिएर आत्महत्या

बैतडी । बैतडीमा बिहिबार २ जनाले आत्महत्या गरेका छन् । बिहान ७ बजे जिल्लाको मेलौली नगरपालिका ७ पचकोराका ४५ बर्षिय करनसिंह रावतले आत्महत्या गरेको...

होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित वृद्धाको मृत्यु

चितवन । जिल्लामा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

भर्खरै

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

धेरै पढिएका

एक दर्जन कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

काठमाडौं । एक दर्जन कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आवेदन दिएका १२ ओटा कम्पनीलाई बोर्डले...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

काठमाडौं । संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत र एकपटक...

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)