खेतीपातीलाई ‘शत्रु’ ठान्ने राउटे च्याउ खेतीतिर

दैलेख । पछिल्लो समय राउटे समुदाय च्याउखेती गर्न थालेका छन् । दुईदिने तालिम लिएका उनीहरूले बस्तीमा च्याउ उमारेका हुन् । च्याउ यो समुदायले बढी रुचाउने गर्छन् ।

खेतीपाती, लेखपढ र स्थायी बसोबासलाई महाशत्रु ठान्ने यो जाति बस्तीमै च्याउ उत्पादन हुँदा खुसी पनि छन् । सोसेक नेपालमार्फत २० जना राउटेलाई च्याउ उत्पादनसम्बन्धी तालिम दिएपछि राउटेले बस्तीमै च्याउ उत्पादन गरेको राउटे युवा प्रकाश शाहीले बताए । ‘च्याउ राम्रो फल्यो, हामी आफंैले खेती गरेर च्याउ फलाएका हौं, परालमा च्याउ फल्छ भन्ने हामीलाई विश्वास लागेको थिएन ।

तर, एक महिनापछि च्याउ फलेपछि खुसी हुँदै खाइरहेका छौं, हामीलाई अब तरकारीको चिन्ता छैन,’ उनले भने । प्रकाश मात्र होइनन्, बस्तीमा च्याउ खान पाउँदा अन्य राउटेसमेत खुसी भएको अर्का युवा दीपक शाहीले बताए । ‘पहिला त पैसाले किनेर खान्थ्यौं, अहिले आफैंले फलाएका छौं, परालमा हुँदैन कि भन्ने लागेको थियो, परालमा पनि हुँदो रहेछ, यो जंगलमा उम्रिने च्याउमा पनि गाउँका मान्छे पराल हाल्छन् होला ?

राउटेमा पोषणको आवश्यकता देखिएकाले उनीहरूलाई सम्झाइबुझाइ गरी च्याउ उत्पादन तालिम दिइएको राउटे परियोजनाका कर्मचारी लालबहादूर खत्रीले बताए । ‘सुरुमा त मानेनन्, परालमा च्याउ उम्रिन्छ भन्दा हाँसे पनि एक महिनापछि च्याउ उमिँ्रदा आजभोलि दंग छन्,’ राउटे परियोजनाका कर्मचारी खत्रीले भने, ‘अब असारमा अर्को खेती गर्छाैं भनेका छन्, साउन महिना कालो महिनाका रूपमा यस समुदायले बुझ्ने गर्छ, त्यो महिना यताउता हिँडडुल गर्नुहँुदैन, अशुभ हुने भएकाले असारमा राखेर साउनमा खानेगरी च्याउ खेती गर्ने भनेका छन् ।’

यो जाति च्याउ र कुभिन्डो अत्यधिक रुचाउने गर्छन् । पहिले बस्तीमा च्याउ नहुँदा सुर्खेत, दैलेख बजार पुगेरै किनेर लिन्थे । अहिले आफ्नै बस्तीमा उत्पादन गरेर मस्तसँग खाइरहेको भैरवी गाउँपालिकाका स्थानीय बताउँछन् ।

बस्ती बसेको ठाउँमा कतै अन्न दाना उम्रिन्छ कि भनेर बसाइसराइँ गर्दा आगो लगाएर जान्थे । अन्न उमिँ्रदैन पनि थियो । तर, आजभोलि बस्ती च्याउ उत्पादन गर्न थालेपछि राउटे सामाजिकीकरण हुँदै गएको दैलेख आठबिस नगरपालिका खगेन्द्रबहादूर शाहीले बताए ।

‘पहिलेको भन्दा अहिले राउटेमा धेरै परिवर्तन भएको छ, पर्वमा मात्र नुहाउने यो समुदाय आजभोलि फोहोर भएको महसुस हुनेबित्तिकै नुहाउँछन्, बस्ती ’round फोहोर फाल्ने खाल्टो अस्थायी शौचालयसमेत निर्माण गरेका छन्,’ शाहीले थपे ।

युवा र युवतीमा परिवर्तनको चाहनाले घचघच्याइरहेको छ भने बूढापाका गैरराउटेले गर्दै आएका काम तत्कालन स्वीकार गर्ने पक्षमा छैनन् । बूढापाका राउटे परम्पराको निरन्तरता चाहन्छ । २०६५ सालमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. बाबुराम भट्टराईलगायत सरकारका उच्च पदाधिकारीसँग भेट हुँदा स्थायी बसोबास, लेखपढ र खेतीपातीका कुरा अस्वीकार गरेको मुखिया सूर्यनारायण शाहीले सुनाए ।

उनले भने, ‘त्यसबेला हामी ६ जना गएर मन्त्री, प्रधानमन्त्रीलाई भेट्यौं, भत्ता बढाइदिने कुरा पनि गर्नुभएको थियो, प्रधानमन्त्रीले घर बनाइदिने यतै बस्ने भन्नुभयो, हाम्रो परम्परामा त मान्छे मर्नेबित्तिकै त्यो ठाउँ छोड्नुपर्छ, प्रधानमन्त्रीले मान्छे नमर्ने बनाइदिए एकै ठाउँमा बसोबास गर्ने भनेका थियौं,’ मुखिया शाहीले भने ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
साँफेबगरकाे बाब्लामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, मतदान स्थगित