जातीय विभेद बिरुद्ध ओमको नयाँ गीत

काठमाडौं । गायक ओम सुनारले आफु दलित भएका कारण समाजमा विभेद नभोगेका हैनन् । गाउँमा हुँदा दलितमाथि हुने गरेको विभेदलाई नजिकबाट देखेका ओमले सोही विभेदको समस्यालाई यतिबेला आफ्नो गीतमा उतारेका छन् । यो विभेदलाई निर्मुल पार्नु पर्ने सन्देशसहित गायक ओम सुनारले आफ्नो नयाँ गीत ‘मायाँले सजाउँला…’को भिडियो दर्शकमाझ ल्याएका छन् ।

काठमाडौंमा एक समारोहबीच शुक्रबार बेलुका यो गीत तथा भिडियोलाई लोकार्पण गरिएको छ । चलचित्र पत्रकार संघका पूर्व अध्यक्षहरु शान्तिप्रिय, बिदूर गिरी, अभिनेता गजित बिष्ट, इभेन्ट डिरेक्टर निशुकान्त झा, सामाजिक अभियान्ता खगेन्द्र सुनार, इभेन्ट कोरियोग्राफर अश्विनी कान्त झा, गायक ओम सुनार र मोडल एशिला बास्तोलाले यो गीतको पोष्टर सार्वजनिकसँगै भिडियो रिलिज गरेका हुन् ।

मायाँले सजाउँलाको भिडियोलाई ओम सुनारले आफ्नै अफिसियल च्यानलबाट रिलिज गरेका छन् । गीतलाई मुना शाहले लेखेकी हुन भने यसमा संगीत र संगीत संयोजन पनि ओमकै रहेको छ ।

यो गीतको भिडियोमा मुख्य भूमिकामा पनि ओम आफैं छन् । उनीसँगै भिडियोमा एलिसा बास्तोला, बिजय परियार, लक्ष्मण बस्नेत, उत्तम केसी, कुमार भारती, मीना जिसी, आरजे प्रणब, दीपक पराजुली, आराधना पराजुली, ढक बहादुर बिक, लालबहादुर सुनार, रमा थापालगायतको अभिनय छ । यो म्युजिक भिडियोलाई बिमल ढकालले छायाँकन र बिनोद बमले सम्पादन एवम् रंग संयोजन गरेका हुन् । भिडियोमा देवेन्द्र कुँवरको निर्देशन रहेको छ ।

बिमोचन कार्यक्रममा बोल्दै गीतकार एवम् पत्रकार शान्तिप्रियले कुनै पनि दलितहरुले अब जातीय विभेद सहनुस नपरोस भनेर ल्याईएको यो सन्देश मुलक गीत र भिडियो राम्रो भएको बताए ।

यो गीतका गायक ओम सुनारले भिडियोमा जातीय विभेदले समाजमा निम्त्याएका घटनालाई उठाएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाको पनि खुल्यो खाता, गोडैतामा यादव र कुशवाहा निर्वाचित