धनगढी । धनगढी उपमहानगरपालिकाले भूमि सुधार तथा मालपोत कार्यालय धनगढीमा सोलार जडान गरेको छ । विद्युत गएको समयमा भूमि सुधार तथा मालपोत कार्यालयको सेवा अवरुद्ध भइ सेवाग्राहीलाई सास्ती हुने गरेपछि उपमहानगरपालिकाले सोलार प्यानल जडान गरिदिएको हो।
भूमि सुधार तथा मालपोत कार्यालयमा धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिका र भजनी नगरपालिकाका जनताले सेवा लिने गर्दछन् ।
विद्युत सेवा अवरुद्ध भयो भन्ने भूमि सुधार तथा मालपोत कार्यालयको सेवा ठप्प रहने अवस्थाको अन्त्य गरि सेवाग्राहीलाई सहजरूपमा सेवा पुगोस् भनेर सोलार पावर जडान गरिदिएको उपमहानगरपालिकाले जनाएको छ ।
कार्यालयमा आउने सेवाग्राहीले विद्धुत नहुदा सामान्य कामका लागि ३/४ दिनसम्म कुर्नुपर्ने अवस्था रहेको रहेको थियो । बिद्धुत अभावमा सेवाग्राहीको काम नरोकियोस भनेर धनगढी उपमहानगरपालिकाले ९ लाख ९८ हजारको लागतमा सोलार प्यानल जडान गरेको हो ।
धनगढीका नगर प्रमुख गोपाल हमालले भूमि सुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीको काम भएन, बत्ती भएन भन्ने गुनासो आइरहने भएकाले सोलार पावर सहयोग गरिएको बताए । उनले भने- ‘उपमहानगरको पहिलो प्राथमिकता नगरवासीको सेवा भएकाले सोलार पावर जडान गरेर सेवा पाउन सहजीकरण गरिएको छ ।’
कैलाली बहुमुखी क्याम्पसका पूर्वप्रमुख प्रा. डा. हेमराज पन्तद्वारा उदघाटन
भूमि सुधार तथा मालपोत जनताको प्रत्यक्ष सरोकारको विषय भएकाले जनतालाई छिटो छरितो सेवा दिए मात्र जनताको सरकारप्रतिको विश्वास बढ्दै जाने हुनाले धनगढी उपमहानगरपालिकाले जनताको प्रमुख माग सम्बोधन गरेर ठूलो काम गरेको बताए ।
बारम्बार विद्धुत गरेर सेवाग्राहीलाई छिटोछरितो सेवा दिन समस्या हुनेगरेको थियो अब सोलार जडान भएपछि त्यो समस्याको अन्त्य भइ कार्यालयले सहजरूपमा सेवा उपलब्ध गराउने भूमि सुधार तथा मालपोत कार्यालय धनगढीका प्रमुख प्रेमबहादुर दौल्यालले बताए ।