Saturday, September 25, 2021
Your Ads Here
Homeअर्थस्वास्थ्य सामग्री प्रतिस्पर्धाबाटै खरिद गरिने

स्वास्थ्य सामग्री प्रतिस्पर्धाबाटै खरिद गरिने

५० हजार स्वयंसेविका खटाइने

,
sharethis

काठमाडौं । कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री प्रतिस्पर्धामार्फत र अपुग भएमा सरकार आफैंले खरिद गर्ने भएको छ । हिजो आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले स्वास्थ्य सामग्री प्रतिस्पर्धामार्फत र अपुग भए सरकार आफैंले खरिद गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना रोकथामका लागि देशभरमा रहेका झन्डै ५० हजार स्वास्थ्य स्वयंसेविकालाई गाउँगाउँमा खटाउने निर्णयसमेत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं उच्चस्तरीय समितिका सदस्य सचिव नारायण बिडारीका अनुसार स्वास्थ्य सामग्री प्रतिस्पर्धामार्फत र अपुग भएमा सरकार आफैंले सोझै खरिद गर्ने निर्णय भएको बताए ।

यसैगरी, हाल निर्धारण गरिएका क्वारेन्टाइन र राहतको मापदण्डलाई परिमार्जन गर्ने निर्णय समितिले गरेको छ । हालको महामारीको बेला बिरामी ‘रिसिभ’ गर्ने जिम्मा नेपाली सेना र स्वास्थ्यकर्मीको टिमलाई दिने निर्णयसमेत भएको सचिव बिडारीले बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’

१४ दिनसम्म क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण गरेर मात्रै घर जान दिने समितिले जनाएको छ । तर, परीक्षणमा बिरामी देखिएको खण्डमा आइसोलेसनमा राखिनेछ । यो मुलुकभरका सबै क्वारेन्टाइनमा लागू गरिने उनले बताए ।

यसैगरी, समितिको बैठकले गाउँगाउँमा रहेको ग्रामीण स्वास्थ्य स्वयंसेविकालाई उचित भत्ता दिएर परिचालन गर्ने निर्णय गरेको छ । हालको अवस्थामा गाउँगाउँमा रहेका स्वास्थ्य स्वयंसेविकालाई समेत स्वास्थ्य कार्यालयले परिचालन गर्ने गरी अगाडि बढाइनेछ ।

सरकारले ११ चैतदेखि लकडाउन जारी राख्दै आइरहेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा फैलिरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यले सरकारले २५ चैतसम्म लकडाउन गरेको हो । सरकारका उच्च अधिकारीका अनुसार २५ चैतसम्म रहेको लकडाउन अझै केही दिन लम्बिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

आजको समाचार

ढल निकास सुव्यवस्थित गर

राजधानी काठमाडौंमा नै ढल व्यवस्थापन अस्तव्यस्त हुँदा कपनस्थित ढलमा खसेर एक बालक बेपत्ता भएको घटना सामान्य होइन । राजधानीको केन्द्र भागमा नै यस्तो घटना...

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

  काठमाडाैं ।  नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको...

कोलकातासँग मुम्बाई पराजित

आबुधावी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको...

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि...

सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

काठमाडौं । अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने...

साताका लोकप्रिय समाचार

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी ।  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का...

नेपालको चुनौती समाप्त

काठमाडौं । हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय...

कृष्णप्रसाद भट्टराईदेखि झलनाथ खनालसम्म ९०३ जना लाई विभूषण

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९०३ जनालाई विभिन्न विभूषण, अलंका र पदक प्रदान गरेकी छन्।    नेपाली कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न...

अनुसन्धानमा परिपक्वता ल्याऊ

संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणको जालो अहिले खुल्दै गएको छ । यसलाई कतिपयले ‘नयाँ रहस्य’का रूपमा लिए पनि अन्तर्यमा...

ज्यान मुद्दामा जेल परेकाले आममाफी पाएपछि स्थानीयमा त्रास

  पर्सा । संविधान दिवसका सन्दर्भमा वीरगन्ज कारागारबाट आममाफी पाउने २४ कैदीबन्दी मध्ये १५ जना ज्यान मुद्दाका छन् । सातौं संविधान दिवसको अवसरमा आममाफी पाउने...

ट्रेन्डिङ

हल नखुल्दा प्रदीप उदयको आक्रोस

काठमाडौं । गत असारदेखि पहल सुरु गरिएकोमा हालसम्म पनि नेपालमा सिनेमा घर नखुल्दा हल सञ्चालकहरू आक्रोशित हुन थालेका छन् । यसैक्रममा हलवालाहरूको संस्था नेपाल...

ओली उपचार र नेपालीको अपेक्षा

केही समययता भएका चर्चा परिचर्चा मूलतः दुई विषय केन्द्रित छन् । एउटा हो कोरोना भाइरस ‘कोभिड –१९’ र अर्को हो प्रधानमन्त्री केपी शर्मा ओलीको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)