पोग्बा र डी लिग्ट साटासाटको तयारी

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डच तथा इटालियन क्लब युभेन्टसका म्याथिज डी लिग्टलाई अनुबन्ध गर्न मिडफिल्डर पाउल पोग्बालाई युभेन्टस पठाउने तयारी गरेको छ ।

युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर फ्रान्सेली खेलाडी पोग्बालाई सिरी ‘ए’ क्लब युभेन्टस पठाएर युवा डिफेन्डर डी लिग्ट अनुबन्ध हुनेमा आशावादी छन् । पोग्वा पनि पछिल्लो समय युभेन्टस जाने मनासयमा छ । तर, यी दुवै खेलाडीलाई स्पेनिस क्लब रियल म्याड्रिडले पनि चासो देखाइरहेको छ । यस्तो अवस्थालाई ध्यानमा राख्दै युनाइटेडले पोग्वासँग डी लिग्ट साट्न तयार रहेको हो । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९)का कारण सरुवा रकम सस्तो हुने सक्नेछ ।

यसै समरमा डच क्लब आयाक्सबाट ६८ मिलियन पाउन्डमा युभेन्टस पुगेका २० वर्षीय युवा स्टार डी लिग्टले सोचेअनुरूपको प्रदर्शन गर्न सकेका छैनन् । उनको चाहना प्रिमियर लिग खेल्ने रहेको छ । युनाइटेडसँग अझै एक वर्षको सम्झौता बाँकी रहे पनि २७ वर्षीय पोग्बा ओल्ड ट्राफोर्ड छोड्दै पूर्वक्लब युभेन्टस फर्कने मनासयमा छन् ।

पोग्वाको चाहना युभेन्टसमा क्रिस्टियानो रोनाल्डोसँग खेल्ने रहेको बुझिएको छ । म्यानचेस्टरकै पोग्वाले २०१२ देखि २०१६ सम्म युभेन्टसमा बिताएका थिए । त्यसपछि उनी म्यानचेस्टरमा फर्किएका थिए । पोग्वाले युभेन्टसबाट ४ सिरी ‘ए’ उपाधि र समान दुई कोपा इटालिया र सुपर कोपा इटालिया जितेका छन् । युनाइटेडबाट युइएफए युरोपा लिग र ईएफएल कप जितेका छन् ।

फ्रान्सले २०१८ मा विश्वकप जित्न पोग्वा टोलीका महत्वपूर्ण सदस्य थिए । यस्तै, आयाक्सले अघिल्लो सिजन अविश्वनीय रूपमा च्याम्पियन्स लिगको सेमिफाइनलको यात्रा तय गर्दा डी लिग्ट टोलीको महत्वपूर्ण सदस्य रहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन