Friday, June 5, 2020
Home Not-to-be-missed युनाइटेडसँग सान्चोको सर्त

युनाइटेडसँग सान्चोको सर्त

लन्डन । इंग्ल्यान्ड तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा स्टार जाडोन सान्चोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसमक्ष अनुबन्धको लागि सर्त राखेको छ । सान्चोले म्यानचेस्टर युनाइटेड अर्काे सिजन च्याम्पियन्स लिगमा छनोट हुन सकेको अवस्थामा मात्रै त्यहाँ आउन सक्ने र अन्यथा अनुबन्ध प्रस्ताव अस्वीकर गरिने बताएको छ ।

पछिल्लोपटक युरोपियन क्लब फुटबलमा चर्चामा रहेका खेलाडी सान्चोले यदि युनाइटेड अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउन नसके आफू नआउने बताएको रिपोर्टले उल्लेख गरेको छ । २० वर्षीय युवा स्टार सान्चो अनुबन्ध गर्न प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँगै चेल्सीले दौडधुप गरिरहेका छन् । युनाइटेडलाई सर्त राखे पनि चेल्सीका लागि भने यो अवसर खुला रहेको छ । द सनका अनुसार २० वर्षे सान्चोले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने चाहना राखेको र अर्को क्लबमा जाँदा त्यो मौका अनिवार्य पाउनुपर्ने मनसायमा छन् ।

डर्टमन्डका विंगर सान्चोलाई अनुबन्ध गर्ने योजना लिभरपुलले ड्रप गरेको थियो । युनाइटेड सान्चोलाई साताको ४ लाख पाउन्डमा अनुबन्ध गर्न तयार रहेको बताइएको छ । यो सिजनको बुन्डेस लिगामा उत्कृष्ट प्रदर्शन गरेका सान्चोले १७ गोल गर्नुका साथै १९ असिस्ट दिएका छन् । डर्टमन्डले सान्चोलाई कम्तीमा पनि १ सय मिलियन पाउन्डमा बेच्ने तयारी गरेको छ । चेल्सी र युनाइटेडले सान्चोलाई मोटो रकम खर्चन तयार छ । तर, कोरोना भाइरसको कारण पनि क्लबलाई केही प्रभाव पर्न सक्नेछ । युनाइटेड प्रिमियर लिगको पाँचांै स्थानमा रहेको छ । ३ अंक बढी रहेको चेल्सी चौथो स्थानमा रहेको छ ।

विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९)का कारण प्रिमियर लिगसहित विश्वको फुटबल गतिविधि ठप्प छ । अप्रिल अन्तिमसम्म लिगहरू स्थगित गरिए पनि त्यसपछि सुरु हुने या नहुने भन्न सकिने अवस्था नै बनेको छैन ।

(Visited 52 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाको तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जनस्वास्थ्य विपद् अवस्था’ (हेल्थ इमरजन्सी) घोषणाको तयारी गरेको छ । कोरोना सङ्क्रमणको अवस्था दिनानुदिनु बढेपछि ‘कोभिड–१९ महामारी स्वास्थ्य...

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९६१ पुग्यो

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १०२ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश...

अधिकांश सङ्क्रमितमा कोरोनाको लक्षण छैन

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ...

प्रदेश २ को प्रदेशसभाका ५ मर्यादापालकमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभामा कार्यरत रहेको पाँच जना मर्यादा पालकमा समेत कोरोना संक्रमित भएको छ । प्रदेशसभा सचिवालयका ५ जना मर्यादा...

भर्खरै

क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको रिपोर्ट नेगेटिभ

डडेल्धुरा । मंगलबार राति क्वारेनटाइनमा मृत्यु भएकी गन्यापधुरा गाउँपालिका २ बडालकी ३० वर्षीय सविता विकको कोराना परिक्षण नेगेटिभ आएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको...

सिन्धुलीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । सिन्धुलीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका ६ मा रहेको क्वारेन्टाइनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमण...

बाबुछोराको कुटाईबाट दाङमा इन्सपेक्टर घाइते

तुलसीपुर । ईलाका प्रहरी कर्यालय खिलतपुरका इन्चार्ज तथा प्रहरी निरीक्षकमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका–६ पंचकुले...

शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)