न्युजील्यान्डले नेपाललाई दियो ३०३ रनको विशाल लक्ष्य

काठमाडौं । आइसिसी यू–१९ एकदिवसीय विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डले नेपाललाई ३०३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३०२ रन बनाएपछि नेपालले ३०३ रनको लक्ष्य पाएको हो ।

न्युजिल्यान्डका ब्याटर स्नेहित रेडी डेभरेडीले शतकीय इनिङ खेले । १२५ बलको सामना गरेका रेडीले ६ छक्का र ११ चौका प्रहार गर्दै १४७ रन बनाए । खेलमा उनी अविजित रहे ।

खेलमा नेपाली खेलाडी सुवास भण्डारी ३ विकेट, गुल्सन झाले २, दीपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले १–१ विकेट लिए ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँच दलीय गठबन्धनले स्थानिय निर्वाचन प्रभावित पार्न खाेजे