राष्ट्रिय सहकार्यको खाँचो

कोरोना महामारीको रोकथामलाई प्रभावकारी बनाउन र देशलाई नियमित गतिविधिमा प्रवेश गराउन अझै पनि राष्ट्रिय सहकार्यको जरुरी छ । सिंगो देश लकडाउनमा रहेको अवस्थामा आन्तरिक राजनीतिक मतभेद तथा मनोमालिन्य केही समयका लागि थाती राखिनु आफंैमा बुद्धिमत्तापूर्ण कार्य हुनेमा कुनै द्विविधा देखिँदैन । हरेकले आआफ्नो ढिपी र अहंकार त्यागेर संकटको यस घडीमा केही कदम पछि हट्दा कसैको हार हँुदैन । सिंगो जगत् आफ्नो गति, यति र लयमा छ । तदनुरूपको जीवन जिउन नजान्ने हो भने गत्यावरोधको सामना गर्न नसकी विनासको चपेटामा पर्न बेर लाग्ने पनि देखिँदैन । ‘मबिना पृथ्वी घुम्दैन’ भन्ने भ्रमबाट देश र जनताका अभिभावक बेलैमा सचेत र सतर्क हुन जरुरी छ । देश कोरोनाको सन्त्रासबाट मुक्त हुन सकिरहेको छैन । कोरोनाको आयातित संक्रमण मात्र होइन, पछिल्लो चरणमा स्थानिक संक्रमण पनि देखापरिसकेको छ । यसले यो महामारीको संक्रमणबाट नेपाल पनि अब अछुतो रहेन भन्ने गम्भीर सन्देश दिएको छ ।

विश्वमा कोरोना संक्रमण फैलँदो क्रममा छ । अति विकसित भनिएका देश पनि नदीमा बाढी उर्लिएको स्थितिलाई नियाल्दै बाढीको प्रवाह कम हुँदै जाँदा तरौंला भनेर पर्खिएझैं केवल रोकथामका लागि रक्षात्मक उपायहरू अपनाउँदै अघि बढिरहेका छन् । उनीहरू महामारी संक्रमणविरुद्ध लड्न एकजुट देखिएका छन् । नेपाल पनि पछिल्लो चरणमा कोरोना संक्रमित देशमा दर्ज भइसकेको छ । स्थानिक संक्रमण देखिएसँगै नेपालमा आयातित महामारीको एकपक्षीय डर मात्र रहेको केही दिन अघिको अवस्थाको अन्त्य भइसकेको छ । यसले देशव्यापी रूपमा स्वाव परीक्षण गरी समयमै संक्रमित तथा असंक्रमितबीचको निश्चित दूरी कायम गर्न कुनै पनि बहानामा ढिलाइ गर्न नहुने सन्देश दिइसकेको छ । यस्तो संगीन घडीमा देशका राजनीतिक दल, सरकार, नागरिक समाज बढी संवेदनशील र गम्भीर हुनु जरुरी छ । राज्यका यी शक्तिहरू एकजुट भएर महामारीविरुद्धको लडाइँमा देश र जनताको अगुवाइ गरिरहनु ऐतिहासिक कार्यभार बन्न पुगेको छ ।

विश्व मानव जगत्ले झेलिरहेको महामारीको यो कष्टसाध्य भुमरीमा नेपाल पनि स्वतः परिसकेको हुनाले यतिबेला कुनै राजनीतिक तिकडम, कमाउ धन्दा वा खुच्चिङ प्रवृत्ति आफ्नै देश र समग्र जनताका विरुद्धमा छ । यतिबेला सबैले ‘जिउँदाको जन्ती र मर्दाको मलामी’ भन्ने नेपाली उखानको सच्याइलाई आत्मसात् गर्न जरुरी छ । तथापि, यस्तो बेलामा अपारदर्शीताका कारण सरकार र सरकारी कामप्रति बढ्दै गएको अस्विकार्यतालाई कम गर्न सरकारमा रहेका जिम्मेवार नेता आफ्ना कमीकमजोरी स्वीकार गरी विनयशील हुनु जरुरी छ । यो भनेको अगुवाहरूको कर्तव्य पनि हो । आफैंले सिर्जनशील भई उपयुक्त वातावरण निर्माण गर्न सक्षम भएमा जनता साथ दिन सधैं तयार रहेको प्रमाण दुईतिहाइको सरकार आफंै हो । नेताहरूमा सद्बुद्धि बेलैमा फिरेमा राष्ट्रिय सहमति निर्माणपछिको वातावरणमा महामारीविरुद्ध लड्न निकै सहज हुने देखिन्छ । यसका लागि गुटगत, पूर्वाग्रह, संकीर्ण र छिर्के हान्ने प्रवृत्तिको अन्त्य गर्न सबै तयार रहनुपर्छ । देशमा रहेका सबै राजनीतिक पार्टी, सामाजिक संघ-संस्था, नागरिक समाज र आमजनतालाई सबैको हित सम्बोधनका लागि राष्ट्रिय सहकार्यमा एकताबद्ध हुन विनम्र आह्वान गरिनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेणुलाई १९ सय ६ मतको अग्रता