गण्डकीमा २३० मध्ये २२९ मत खस्यो

पोखरा । राष्ट्रिय सभा सदस्यको चुनावअन्तर्गत गण्डकीमा २२९ मत खसेको छ । कुल २३० मतदातामध्ये बागलुङ ढोरपाटनका मेयर देवकुमार नेपाली अनुपस्थित भए । उनी इमेज सहकारी ठगी अभियोगमा फरार छन् ।

प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले १ बाहेक सबै मत खसेको बताए । उनका अनुसार साढे ४ देखि ५ बजेसम्म मतपरिणाम आइसक्नेछ ।

बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म पोखरा राष्ट्र बैंक चोकस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान भएको हो । मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम आचार्यले बताए ।

प्रदेशसभातर्फ एमाले सांसद भीम कार्की र पालिकातर्फ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पहिलो मतदान गरे । मतदानका लागि २ वटा मतदान केन्द्र तोकिएको थियो । तीमध्ये एउटा केन्द्रमा ९ जना खटिएका थिए । गण्डकीमा ३ सिट (महिला, अपांग र अन्य क्लष्टर) मा ४ दलबाट ८ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
गठबन्धनबाट अन्य क्लस्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपांगता र अल्पसंख्यकमा तनहुँका पदमबहादुर परियार र महिलामा पर्वतकी मनरुपा शर्मा उम्मेदवार हुन् । तीमध्ये श्रेष्ठ र परियार कांग्रेसका हुन् भने शर्मा माओवादी नेतृ हुन् ।

एमालेबाट अन्य क्लष्टरतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता र अल्पसंख्यकबाट मुस्ताङका हेमन्द्र शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार छन् ।
राप्रपाबाट रोमबहादुर भण्डारीले अन्यतर्फ र तनहुँकी गौमाया श्रेष्ठले महिला क्लष्टरबाट उम्मेदवार छन् ।

गण्डकीको ६० सदस्यीय प्रदेश सभा (सदस्य) बाट ६० तथा प्रदेशका ८५ पालिकाका (प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्ष) गरी १ सय ७० जना मतदाता हुन् । गण्डकीमा १ महानगरपालिका (पोखरा) सहित २६ नगरपालिका र ५८ गाउँपालिका छन् । निर्वाचन आयोगले प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकातर्पm मतभार १९ तोकेकोमा गण्डकीमा दुवै तहका गरी जनप्रतिनिधिको कुल मतभार ६ हजार ४ सय १० हुन आउँछ ।

कांग्रेसको प्रदेश सभातर्फ २७ र पालिकातर्फ ६७ जना मतदाता गरी कुल मतभार २ हजार ७ सय ४ मतभार हुन आउँछ । संसदमा सत्तारुढ दल माओवादी केन्द्रको ८ सिट र पालिकातर्फ ३० गरी कुल मतभार ९ सय ९४ छ भने राष्ट्रिय जनमोर्चाको पालिकातर्फका गरी ५७ मतभार छ । उसको संसदमा उपस्थिति छैन । एकीकृत समाजवादीको संसदमा १ र पालिकामा १ गरी उसको मतभार ७२ मात्र छ ।

यस्तै, एमालेको प्रदेशसभामा २२ सिटको प्रतिनिधित्व छ । उसको मतभार यहाँ १ हजार १ सय ६६ र पालिकातर्फ ६८ को मतभार १ हजार २ सय ९२ गरी कुल मतभार २ हजार ४ सय ५८ हुन आउँछ । उनको अनुपस्थिति भए एमालेको मतभार घटेर २ हजार ४ सय ३९ मात्र हुनेछ । प्रदेश सभामा २ सिट जितेको राप्रपाको १ सय ६ मतभार कायम छ ।

गण्डकीबाट राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका नेकपा (एमाले) का गणेशप्रसाद तिमिल्सिना, एमालेकै दीपा गुरुङ र नेपाली कांग्रेसका प्रकाश पन्थको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न जाँदा मोबाइल र क्यामेरा लैजान नपाइने