बैतडीको खोड्पे बजारक्षेत्र सरसफाई अभियान

बैतडी । बैतडीको खोड्पे बजारको सरसफाई अभियान सुरु गरिएको छ । शनिबार बजार क्षेत्रको सरसफाई गर्दै अभियानको सुरु गरिएको पाटन नगरपालिका ८ का वडाअध्यक्ष हरिश बिष्टले जानकारी दिए ।

सरसफाई अभियान अन्तरगत बजारमा रहेको फोहोरमैला उठाएर डम्पीङ साइडमा फालिएको छ भने, पसलहरु पछाडीको फोहोर र झाडीहरु सफा गरिएको छ ।

सरसफाई कार्यमा जनप्रतिनिधि, व्यापारी, खोड्पे बजार व्यवस्थापन समिति, खोड्पे स्पोर्टस क्लव, फोर्स नेपालका पदाधिकारी, सुरक्षाकर्मि र स्थानियहरुले अभियानको सुरु गर्दै खोड्पे बजार क्षेत्रको सरसफाई गरेका हुन् ।

बैतडीसहित बझाङ र दार्चुलाको जक्नसनको रुपमा रहेको खोड्पे बजारको सरसफाई गरिएको वडाअध्यक्ष बिष्टले जानकारी दिए । यस्तै प्रत्येक महिनाको अन्तिम हप्तामा बजार क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।

खोड्पे बजारको सरसफाई संगै व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायिहरुलाई आआफ्नो पसलबाट निस्कने फोहरलाई उचित व्यवस्थापन गरि बजार क्षेत्रलाई सफा राख्ने निर्णय गरिएको स्पोट्स क्लवका अध्यक्ष सन्तोश राईले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् राप्रपाले जितेका स्थान, कुन-कुन पालिकामा अग्रता ? (सूचीसहित)