Friday, July 23, 2021
HomeBreaking Newsमानिसबाट जनावरमा सर्यो कोरोना, चिडियाखानाको ४ बर्षे बाघमा भेटियो संक्रमण

मानिसबाट जनावरमा सर्यो कोरोना, चिडियाखानाको ४ बर्षे बाघमा भेटियो संक्रमण

,

काठमाडौं विश्वभर फैलिएको कोभिड १९ (कोरोना भाईरस) मानिसमा मात्र नभई जनवारमा समेत देखा पर्न थालेको छ । विश्वमा नै पहिलो पटक कोरोना भाईरस मानिसबाट जनवरमा सरेको पत्ता लागेको छ । अमेरिकाको ब्रोंक्स चिडियाखानाका प्रमुख भेटेनेरियनले पहिलो पटक मानिसबाट जनवारमा उक्त भाईरस सरेको जानकारी दिएका छन् । अमेरिकाको न्युयोर्क सिटी कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ ।

चिडियाखानाका प्रमुख भेटेनेरियनले आइतबार संक्रमणका कारण आफ्नो एक बाघलाई कोभिड १९ भएको बताएका हुन । सो चिडियाखानामा रहेको ४ वर्षे नादिया नाम गरेको मलायान बाघमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमणको कुनै लक्षण नदेखिएका सो चिडियाखानाका कर्मचारीको सम्पर्कमा आएपछि नादिया बिरामी परेकाले यो एउटा पृथक केस भएको विश्वास चिडियाखानाका प्रमुख भेटेनेरियन पल कालेले बताएका छन ।

उनका अनुसार नादियासहित चिडियाखानाका अन्य ३ बाघ र ३ सिंहमा सुख्खा खोकी विकसित भएपछि उनीहरूमध्ये सबैभन्दा बढी बिरामी नादियाको स्वास्थ्य परीक्षण गरेको थियो । नादियाको स्वास्थ्य परीक्षणमा कोभिड १९ पोजेटिभ देखिए पछि पल कालेले कुन कर्मचारीबाट नादियालाई संक्रमण भएको हो भन्ने पत्ता लगाउन नसकेको जानकारी दिएका छन । यसअघि हङकङका केही जनावरहरूमा पनि कोभिड १९ परीक्षणको नतिजा ‘पोजेटिभ’ आएको थियो ।

पलले भने, ‘मानिसबाट जनावर संक्रमित भएर बिरामी परेको संसारमा हामीलाई थाहा भएको यो नै पहिलो पटक हो ।’ न्यू योर्क कोरोना भाइरसको संक्रमणबाट सर्वा्धिक प्रभावित भए पछि विरामी नादियाको एक्सरे, अल्ट्रासाउण्ड र रक्त परीक्षण गरेको थियो । उक्त चिडियाखाना मध्य मार्चबाट बन्द छ । एजेन्सीको सहयोगमा

Loading comments...

आजको समाचार

समर ओलम्पिक आजदेखि

टोकियो । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण ग्रीष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हँुदै छ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।...

सामाजिक विभेदले खुल्दैनन् लैंगिक अल्पसंख्यक

  धनगढी । सुदूरपश्चिम क्षेत्रमा ७ हजार बढी लैंगिक अल्पसंख्यक समुदायका मानिस रहेको तथ्यांक सार्वजनिक भएको छ । मितिनी नेपाल सुदूरपश्चिम प्रदेशका फोकल पर्सन राज...

माग सम्बोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी

काठमाडौं । यातायात व्यवसायी एउटै प्रदेशभित्र चल्ने बस भाडा समायोजनको माग गर्दै आन्दोलित भएका छन् । सरकारले हालै मात्र एउटा प्रदेशबाट अर्को प्रदेशमा चल्ने...

जसपा विवादको फैसला सोमबार

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ । आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने तय भएको हो । आजको बैठक...

साताका लोकप्रिय समाचार

रेलमा झेलैझेल

काठमाडौं । भारतबाट करीब वर्ष दिनअघि ल्याइएको रेल सञ्चालन टुंगो अझै लागेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि पटक–पटक समय तोके पनि तयारीमा...

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

  भक्तपुर ।   भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर...

जसपा विवादको फैसला सोमबार

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ । आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन...

सडकमै धान रोपाई गरेर विरोध

  सप्तरी, राजविराज । निर्माणाधीन हुलाकी सडकको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा सडकखण्डमा खाल्डाखुल्डी र हिलोले समस्या परेको भन्दै बिहीबार स्थानीयवासी र सवारीचालकले चक्काजाम र सडकमै धान...

ट्रेन्डिङ

वर्षापछि हिमपातको सम्भावना

काठमाडाैै ।  पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेकाे छ । पश्चिमी वायुको...

थपिए ३६० जना कोरोना संक्रमित, मृतकको संख्या ६५ पुग्यो

काठमाडौँ । देशभरमा आज ३६० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशरभरका प्रयोगशलामा गरिएको पिसिआर परीक्षणमा ३६०...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?