Friday, July 23, 2021
Homeप्रदेशप्रदेश ३अर्यालले सम्हाले काठमाडौं महानगरमा पदभार

अर्यालले सम्हाले काठमाडौं महानगरमा पदभार

महानगरको समग्र विकासमा दत्तचित्त भएर लाग्ने प्रण

,

काठमाडौ । नेपाल सरकारका सचिव एकनारायण अर्यालले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रमका बीच अर्यालले महानगरको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गरेका हुन् ।

कलकत्तास्थित नेपाली महावाणिज्यदुतको रुपमा कार्यरत रहेकै समयमा सरकारले अर्याललाई एक महिना अघि मात्रै सचिवमा बढुवा गर्दै काठमाडौ महानगरपालिकाको प्रमुख प्रशाकिय अधिकृतको रुपमा पदस्थापन गरेको थियो । अर्यालले पदभार ग्रहण गरेलगत्तै आफू विषम परिस्थितिमा प्रशासकीय प्रमुखको रुपमा आएको भएपनि महानगरको समग्र विकास र समृद्धिमा दत्तचित्त भएर लाग्ने प्रण गरे ।

अर्यालले हालको जोखिमयुक्त समयमा महानगरवासी लगायत सबै नागरिकले संयमित र अनुशासित भई कोरोना भाइरसको सम्भावित जोखिम सँग लड्नु पर्ने आवश्यकता औल्याए । उनले महानगरको राजनीतिक नेतृत्व सँग असल सहकार्य गर्दै नगरवासीले भोग्नुपरेका तमामखाले समस्या समाधान गर्न आफु अहोरात्र खटिने प्रतिवद्धता जनाए ।

अर्याल बढुवा भएर महानगरमा पदस्थापन भएपनि महावाणिज्यदुतका रुपमा केहि कुटनीतिक प्रक्रिया पुरा गर्नुपर्दा र त्यसलगत्तै कलकत्ताबाट काठमाडौ आएर नियम अनुसार सेल्फ क्वारेन्टाइनमा बस्नुपर्दा पदभार ग्रहण गर्न केहि ढिलाई भएको थियो । अर्यालले महावाणिज्यदुत रहदा भारत र नेपालको पारवहन सम्वन्धमा सुधार गर्नुका साथै व्यापार प्रवद्र्धनमा द्रुतता ल्याएका थिए ।

उनले पारदर्शी र कम खर्चिलो हुने गरी नयाँ पद्धतिको सुरुवातसमेत गरेका थिए । कुशल र क्षमतावान प्रशासकको रुपमा रहेका अर्यालले यस अघि काठमाडौको प्रमुख जिल्ला अधिकारी एवं गृह मन्त्रालय, सुचना तथा सञ्चार प्रविधि मन्त्रालय, वन मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको रुपमा सफलतापुर्वक कार्य गरिसकेका छन् ।

Loading comments...

आजको समाचार

कोरोना संक्रमणको तेस्रो लहर ?

काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि...

सुभाष नेम्वाङलाई प्रकाशमान सिंहको प्रश्न : आफुले विधि मिच्ने अनि मुल्य मान्यताको कुरा गर्ने ?

  काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले संसदिय दलका उप नेता सुवास नेम्वाङलाई विधि मिचेर मुल्य मान्यता नसिकाउन आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधी...

भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने

  काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै लामो...

चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

लन्डन । इंग्लिस क्लब चेल्सीले आफ्नो पूर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस...

रिचार्लीसनको ह्याट्रिक

टोकियो । सिनियर टोलीकै महŒवपूर्ण सदस्य रिचार्लीसनको ह्याट्रिक सहयोगमा ब्राजिलले टोकियो ओलम्पिकअन्तर्गतको पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ । ब्राजिलको यू–२३ टोलीले १० खेलाडीमा...

साताका लोकप्रिय समाचार

क्यान्सर रोगको औषधि उत्पादन अब नेपालमै

काठमाडौं । नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन सुरु भएको छ । टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधि उत्पादन सुरु गरेको हो ।...

सिंगापुर र जापान छाडेर चितवनमा ड्रागन खेती

  चितवन । एक भाई सिंगापुरको लाहुरे, अर्को भाई व्यवसायको क्रममा जापन । विदेशमै रामाउदै शुखसयलको जिन्दगी विताउन कुनै कुराको कमी थिएन । तर आफ्नै...

भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने

  काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै लामो...

दुर्गा खरेलकाे गीतमा पूजा शर्माकाे अभिनय

  काठमाडौं । गायिका दुर्गा खरेल र रोशन अधिकारीको स्वरांकृत ‘धर्ती आकाश’ भिडियो प्रिमियर गरिएको छ । चाबहिलस्थित एफक्युब हलमा एक कार्यक्रमबीच प्रिमियर गरिएको हो...

दुईहजार ९७७ सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २,९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई...

ट्रेन्डिङ

कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार...

खुल्यो तिब्बत पुग्ने सडकको ढोका

दैलेख ( भोटेगढी) । कर्णाली प्रदेशको राजधानी हँुदै तिब्बत जोडने सडकको ढोका मानिने दैलेखको भैरवी गाउँपालिका र कालिकोटको शुभकालिका गाउँपालिकाको ट्रयाक खोलिएको छ ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?