खाद्यन्न बोकेर वडाध्यक्ष नगरबासीको घरमा

बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–८ रावलबाडामा दैनिक ज्यालादारी गर्ने स्थानीयको घरमा चुलो नबलेको भन्दै खाद्यन्न बितरण गर्दै वडा अध्यक्ष प्रकाश रावल । फोटोः निमेन्द्र शाही

बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम बडिमालिका नगरपालिका–८ का कमजोर आयस्रोत हुनेको चुलो बल्न छोडेपछि वडा अध्यक्ष प्रकाश रावल खाद्य सामाग्री बोकेर वडावासीको घरमा पुगेका छन् । कोरोना भाइरस कोभिड—१९ को संक्रमणवाट बच्न लकडाउन भएकाले सदरमुकामा दैनिक ज्यालामजुरी गर्न नपाएपछि उनीहरुलाई समस्या परेका हुन् ।

आफ्नो वडामा भएका एकल महिला, गरीब र सहारा बिहीन गरी पाँच सय ९० परिवारको परिवारिक स्थिति हेरी ५ देखि २५ किलो चामल १ केजी नुन र एक चक्की साबुन बाँड्ने काम सुरु गरेको वडाध्यक्ष रावलले बताए । लकडाउनको अवस्थालाई मध्यनजर गर्दै एक पटकमा बडीमा १० देखि १५ जना जम्मा गरेर राहात सामाग्री वितरण गरेको हो । वडावासीको खाद्य संकट टार्न २५ क्विन्टल चामल, ५ क्विन्टल नुन र परिवार एक चक्की सावुन वितरण गरेका छन् ।

बडिमालिका–८ की धुुमा रावलले भनीन– ‘हामीलाई ठुलो सहयोग भएको छ । दाउँरा र दुध बेचेर चामल किन्ने गरेका थियौ आज भोली त्यो सबै बन्द भएको छ । केही दिन चुलो बाल्न सहयोग हुने भयो ।’ वडाको विपद ब्यबस्थापन कोषवाट खर्च गर्ने गरी बस्ती बस्तीमा पुगेर राहात विवतरण गर्न थालिएको वडा सदस्य नरवहादुर अयडीले बताए ।

वडा सदस्या अयडीले भने ‘लकडाउनका कारण दुध, दौरा गिट्टी वालुवा बेचर पनि पेट पालन नपाएको भन्दै वडाकार्यालयमा जनताको गुनासो आएकाले जनताको जीवन रक्षाका लागि राहात स्वरुप उपभोग्य सामाग्री वितरण गरेकोहो। पहिले बाँच्नु प-यो ।’ खाद्यन्न अभावका कारण जयालमजदरी गरी पेटपाल्नेको विहान बेलुकी चुलोमा आगो वल्न छोडेपछि थारैभएपनि राहात महशुस भएको स्थानीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 381 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सशस्त्र प्रहरीलाई आईजीपी अर्यालको निर्देशन