प्रधानमन्त्री दाहाल रुग्ण उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्दै

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाको नव निर्मित प्रशासनिक भवन र उदयपुर सिमेन्ट उद्योग जलजलेको स्थलगत अबलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज शनिवार उदयपुर आउँने भएकाले जिल्लाको सुरक्षा ब्यवस्था कडा गरिएको छ ।

प्रधानमन्त्री दाहालको उदयपुर भ्रमण हुने भएपछि बिहिवार देखि नै उदयपुरको सम्र्पूण नाका तथा सडकहरुमा सुरक्षा कडाई गरिएको हो । प्रधानमन्त्री दाहालले रुग्ण अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले उदयपुरको अबलोकन भ्रमण गरिने योजना रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेका महाप्रबन्धक तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिब खगेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

सिमेन्ट उद्योगको अबलोकन भ्रमणपछि उद्योगको सभाहलमा उद्योग प्रशासनले उद्योगको बिगत र बर्तमान अवस्थाको जानकारी गराउँदै भाबी योजनाको प्रधानमन्त्रीलाई जानकारी दिने कार्यक्रम रहेको महाप्रबन्धक बस्नेतले बताए । उद्योगको अवस्था ’bout जानकारी दिएपछि प्रधानमन्त्री दाहालले निर्देशन दिने कार्यक्रम रहेको महाप्रबन्धक बस्नेतको भनाई रहेको छ ।

उदयपुर सिमेन्ट उद्योगको उत्पादन क्षमतामा बृद्धि गर्न १६ करोड ऋण दिने निर्णय गरे लगतै प्रधानमन्त्रीको उद्योग निरिक्षणको कार्यक्रम तय भएको हो । प्रधनानमन्त्री दाहालसँगै उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि आउँने उदयपुर सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष केशव बस्नेतले जानकारी दिए ।

उद्योगको जलजलेस्थित प्लान्ट क्षेत्रको स्थलगत निरिक्षणपछि प्रधानमन्त्रीले उद्योगको खानी क्षेत्र सिदालीस्थित उद्योगको खानी क्षेत्रको समेत हवाई अवलोकन गर्ने कार्यक्रम रहेको अध्यक्ष बस्नेतको भनाई रहेको छ । त्यसैगरी प्रधानमन्त्री दाहालले रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनको उदघाटन गर्ने कार्यक्रम रहेको रौतामाई गाउँपालिकाकाको अध्यक्ष बीरेन्द्रकुमार मगरले बताए । रौतामाई गाउँपालिकाको केन्द्र भुट्टारमा ७ करोड ८७ लाखको लागतमा नव निर्मित तीन तले प्रशासकिय भवनको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

७ करोड ८७ लाख लागतमा नव निर्मित तीन तले भवनमा २८ वटा कोठा रहेको रौतामाई गाउँपालिकाका लेखा अधिकृत भुपध्वज रायमाझिले बताए । सो भवन निर्माणको जिम्मा रौताहा–धुलिखेल–सुसन आदित्य जेभि त्रियुगा नगरपालिका–११ गाईघाटले पाएको थियो । भवन निर्माणको सम्झौता २०७७ असोज ११ गते भएको थियो भने सम्पन्न २०८० असोज ११ गते रहेको थियो ।

तर निर्माण कम्पनीले सम्झौता मिति भन्दा ६ महिना अघि नै निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको रौतामाई गाउँपालिकाले जनाएको छ । जसमा २०७९ चैत ३० गते निर्माण कम्पनीले भवन हस्तान्तरण गरेको थियो । नव निर्मित भवनबाट पालिकाले जनतामा सहजतापूर्वक प्रशासनिक सेवा प्रवाह गर्ने रौतामाई गाउँपालिकाका अध्यक्ष मगरले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गुठी संस्थानले सर्वोच्चलाई किन टेरेन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक उपमेयरसहित ७ जनाको मनोनयन खारेज