‘टिकटमा मुक्तक’ मा चोटिलो प्रहार

पोखरा । ‘जण्ड, उदण्ड जे भने पनि प्रचण्ड घाम त अस्त हुन्छ
हिउँदको यो भारी हिमपात पनि पग्लेर पानीपानी हुन्छ
प्रेममा जो मरे उसको नाममा ताजमहल बन्छ ।’

काठमाडौंका विश्वबिमोहन श्रेष्ठ यसरी ४५ वर्षपछि मुक्तक सुनाउँदै विगतमा फर्किएँ । २० माघ, २०३५ मा पोखरामा भएको टिकटमा मुक्तक कार्यक्रमका उनैले प्रमुख अतिथि हरिभक्त कटुवाललाई साथै लिएर पोखरा आएका थिए ।
सिर्जनाको पनि मूल्य हुन्छ भनी पञ्चायतकालीन बेलामा पनि पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको उक्त दिनको स्मरणमा शनिबार यस्तै कार्यक्रम दोहो-यायो । श्रेष्ठले सम्झे, ‘यसैगरी हल खचाखच भरिएको थियो । बाटोभरि काव्यपान, रसपान गर्दै पोखराबाट काठमाडौं फर्किंदा एक साता लागेको थियो ।’

अग्रज र अनुज मुक्तककारका चोटिला मुक्तक सुन्न शनिबार पोखरा उद्योग वाणिज्य संघमा दर्शक खचाखच भरिएका थिए । करिब २ घण्टा चलेको कार्यक्रममा २९ मुक्तककारले आफ्ना ३÷३ वटा मुक्तक सुनाए ।

पोखरा माइती भएको भन्दै साहित्यकार उषा शेरचनले भनिन्–

‘पाखा पखेरामा बसुँ भने पहिरो जाला कि भन्ने डर
खोलाको छेउमा बसुँ भने पनि बाढी आउला कि भन्ने डर’

करिब २ घण्टा चलेको मुक्तकिलो साँझमा अन्त्यमा आए, सरुभक्त । उनले विगतको स्मरण गर्दै पोखरामा मुक्तकको अध्याय थपिएको बताउँदै मुक्तक यसरी सुनाए,

‘मानवता कुनै धातु हैन, त्यसलाई केहीले गाल्न सकिन्न
खङग्रङ्ग सुकेको मनलाई सलाई काँटीले बाल्न सकिन्न’

कार्यक्रममा आयोजक पोखरेली युवा सांस्कृतिक परिवारकी पूर्व अध्यक्ष एवं साहित्यकार सरस्वती प्रतीक्षा, बुँद राना, रामकाजी कोन, रुद्र ज्ञवाली, रमेश श्रेष्ठ, डा. ईश्वरमणि अधिकारी, दीपक समीम, सुरेश रानाभाट, सरस्वती श्रेष्ठ सरु, मन क्षत्री, लक्ष्मण थापा, गौरी तमु, शिव त्रिपाठी, डा. भूमिराज बस्ताकोटी, जीवनसागर भण्डारी, सरला लामिछाने ‘सरु’, प्राञ्जल, कपिल शर्मा, रुपिन्द्र प्रभावी ‘कटु’, सावित्री गिरी, कृष्ण सुवेदी, रामजीप्रसाद आचार्य, अमृत सुवेदी, सञ्जीव पौडेल, श्रीराम अधिकारी ‘गोर्जे’, अमृता पोख्रेल, लगायतले मुक्तक सुनाउन मञ्च उक्लिए ।

आयोजक संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले विगतमा २ रुपैयाँ टिकटमा मुक्तक कार्यक्रम भएको स्मरण गरे । साहित्यको श्रीवृद्धिका लागि आफूहरुले यो कार्यक्रमलाई निरन्तरता दिएको बताए । पोखराका मेयर धनराज आचार्यले उद्घाटन गरेको कार्यक्रमको संचालन संस्था उपाध्यक्ष रीता अधिकारीले गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गुठी संस्थानले सर्वोच्चलाई किन टेरेन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२५ वर्षपछि बुटवलमा कम्युनिष्ट सत्ता ढल्यो