सुनसान हुम्लाको हिल्सा नाका, व्यापार व्यवसाय ठप्प

व्यपार व्यवसाय सुनसान रहेको हुम्लाको हिल्सा नाका । फोटो मिमसिँह नेपाली /राजधानी दैनिक/ हुम्ला

हुम्ला । चीनको स्वसासीत क्षेत्र तिब्बतसँग जोडिएको हुम्ला जिल्लाको एक मात्र व्यापारिक नाका हिल्सा यतिखेर सुनसान भएको छ । यस जिल्लाका व्यपारिकसहित स्थानीयवासी चिसोको कारण उक्त नाकामा बस्न छोडेपछि व्यपार व्यवसाय ठप्प भएको स्थानीय पासाङ तामाङले बताए ।

हाल उक्त नाकामा बिओपीका जवान नाका प्रहरी चौकीका जवान र घर कुरुवाहरुसहित २२ जना मात्र बसोबास गर्दै आएको बिओपी प्रमुख पप्पु यादवले बताए । त्यस नाकामा रहेका होटेल पसल पूर्ण रुपले बन्द रहेको प्रमुख यादवले बताए ।

हिल्सा नाका हुम्ला जिल्लाको चीनसँगको एकमात्र व्यपारी नाका भए पनि नाकाबाट कुनै पनि सरसामान नआउदा हिल्सालगायत नाम्खा गाउँपालिकामा दैनिक उपभोग्य सामानको हाहाकार हुन थालेको स्थानीयवासी पाल्जोर तामाङले बताए । यस बर्षको दोश्रो पटक परेको हिमपातका कारण नाम्खा गाउँपालिका लगायत जिल्लामा अत्याधिक चिसो बढेकोले व्यपारीहरु उक्त नाकामा जान नसक्ने भएकाले नाका सुनसान बन्दै गएको व्यवसायी कविन्द्र शाहीले बताए ।

भारी हिमपातका कारण सो नाकामा बसोबास गर्ने स्थानीय यतिखेर घर बाहिर निस्कन समस्या भएको बताइएको छ । हाल बन्द रहेको उक्त नाका २०८१ सालको जेष्ठ असार महिनामा मात्र खुल्ने स्थानीय व्यपारी चन्द्रबहादुर शाहीले बताए । यतिखेर हिल्सा नाका र नाम्खा गाउँपालिकामा करिब दुइ फिट हिउ जमेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता पालना गर्ने लुम्बिनीका दलहरुको प्रतिवद्धता