Friday, June 5, 2020
Home Editor-Picks अब क्वारेन्टाइनबाट भागे तत्काल थाहा हुने

अब क्वारेन्टाइनबाट भागे तत्काल थाहा हुने

काठमाडौं । सरकारले क्वारेन्टाइनबाट भाग्ने व्यक्तिबारे तत्काल सूचना पाइने गरी एप्स प्रयोगमा ल्याएको छ । गृह मन्त्रालयले सोमबारबाट कोरोना संक्रमणको सम्भावना भएर क्वारेन्टाइनमा बसेका व्यक्ति भागे प्रहरी तथा सम्बन्धित तहमा तत्काल जानकारी हुने गरी ‘कोभिड—१९ साथी एप’ सञ्चालनमा ल्याएको हो ।

गृहमन्त्री रामबहादुर थापाले विपद्विरुद्ध विजय प्राप्त गर्न मोबाइल एपबाट गरिने अनुगमनले महŒवपूर्ण भूमिका खेल्ने भन्दै सो एपले हालको अवस्थामा मात्रै नभएर भविष्यमा सूचना केन्द्रित गर्न पनि महŒवपूर्ण भूमिका खेल्ने जनाए ।

सो एपमा व्यक्तिको अनुहार पहिचान गर्न सक्ने जियो फेन्सिङ जडान गरिएको छ । सो प्रविधिमार्फत व्यक्तिको अनुहार पहिचान हुने छ । यस्तै, व्यक्तिको फोटो र फोन नम्बरसमेत सो एपले राख्नेछ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सो एपले क्वारेन्टाइनमा बसेका व्यक्तिको फोटो र सम्पर्क नम्बरअनुसार व्यक्तिको पहिचान गर्ने जानकारी दिएका हुन् ।

उनका अनुसार क्वारेन्टाइनमा बसेका व्यक्ति एपको दायराभन्दा अन्यत्र गएमा सो एपमार्फत साइरन बज्नेछ । एपमा आन्तरिक सन्देश प्रणालीबाट सम्बन्धित निकायसँग तुरुन्त सम्पर्क गर्न सक्ने फिचर समावेश गरिएको छ । यस्तै, उनीहरूको दैनिक स्वास्थ्यस्थिति ज्वरोको विवरण राखेर सम्बन्धित निकायमा त्यसको जानकारी पु¥याउने विशेषता पनि एपमा समावेश गरिएको छ ।

सो मोबाइल एपको मद्दतबाट अनियन्त्रित तवरले संक्रमण फैलिने अवस्था रोक्न, कुन ठाउँमा कति मानिसलाई ज्वरो आएको छ भन्ने कुराको लेखाजोखा गर्न र क्वारेन्टाइनको अवधिमा यथाशीघ्र सेवा सहयोग पु-याउन सहयोग गर्नेछ ।

(Visited 82 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाको तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जनस्वास्थ्य विपद् अवस्था’ (हेल्थ इमरजन्सी) घोषणाको तयारी गरेको छ । कोरोना सङ्क्रमणको अवस्था दिनानुदिनु बढेपछि ‘कोभिड–१९ महामारी स्वास्थ्य...

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९६१ पुग्यो

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १०२ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश...

अधिकांश सङ्क्रमितमा कोरोनाको लक्षण छैन

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ...

प्रदेश २ को प्रदेशसभाका ५ मर्यादापालकमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभामा कार्यरत रहेको पाँच जना मर्यादा पालकमा समेत कोरोना संक्रमित भएको छ । प्रदेशसभा सचिवालयका ५ जना मर्यादा...

भर्खरै

धनकुटाका कोरोना संक्रमितलाई ट्याक्टरमा राखेर लगियो अस्पताल

धनकुटा । धनकुटामा भेटिएका आठौं कोरोना संक्रमितलाई ट्याक्टरमा राखेर गाउँबाट अस्पताल पठाइएको छ । कोरोना संक्रमण पुष्टि भएका सहिदभूमी गाउँपालिका–७ का २७ बर्षीय संक्रमित...

क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको रिपोर्ट नेगेटिभ

डडेल्धुरा । मंगलबार राति क्वारेनटाइनमा मृत्यु भएकी गन्यापधुरा गाउँपालिका २ बडालकी ३० वर्षीय सविता विकको कोराना परिक्षण नेगेटिभ आएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको...

सिन्धुलीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । सिन्धुलीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका ६ मा रहेको क्वारेन्टाइनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमण...

बाबुछोराको कुटाईबाट दाङमा इन्सपेक्टर घाइते

तुलसीपुर । ईलाका प्रहरी कर्यालय खिलतपुरका इन्चार्ज तथा प्रहरी निरीक्षकमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका–६ पंचकुले...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)