Friday, June 5, 2020
Home Breaking News कछुवाको गतिमा कोरोना परीक्षण

कछुवाको गतिमा कोरोना परीक्षण

प्रविधि उपयोगमा ल्याइएन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) स्थानीयस्तरमा फैलिने क्रम सुरु भए पनि सरकारले गर्दै आएको परीक्षण कार्य कछुवाको गतिमा अघि बढेको छ । द्रुतगतिमा परीक्षण नहुँदा संक्रमण दर फैलिन सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । नेपालमा कोरोना परीक्षणका लागि आवश्यक प्रविधि रियल टाइम पीसीआर ३० देखि ३५ वटाको हाराहारीमा रहे पनि सरकारले ती प्रविधि उपयोगमा ल्याउन सकेको छैन ।

सरकारले कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल काभ्रे, कृषि तथा वन विश्वविद्यालय बायो टेक्नोलोजी विभाग चितवनमा रहेको प्रविधिलाई मात्रै प्रयोगमा ल्याएको छ ।

यस्तै, बायोसेफ्टी लेभल २ प्रयोगशालाको समेत चरम अभाव छ । त्रिवि रसायन शास्त्र केन्द्रीय विभागका प्राडा. निरञ्जन पराजुलीका अनुसार ज्वरो आएर ‘फिबर क्लिनिक’ मा आएका सबैको नमुना परीक्षण गरिनुपर्ने बताउँछन् ।

उनले भने, ‘कोरोना परीक्षण एकदमै न्यून मात्रामा भएको देखिन्छ । सरकारले परीक्षणको दायरा तीव्र मात्रामा बढाउनुपर्ने देखिन्छ ।’ त्रिवि माइक्रोबायोलोजी केन्द्रीय विभागका प्रमुख डा. मेघराज बन्जराले सरकारलाई आवश्यक परे ल्याब र विद्यार्थी दुवै तयार रहेको बाए । माइक्रोबायोलोजी अध्ययन गरेका सबै विद्यार्थीलाई रियल टाइम पीसीआरबारे प्रयोगात्मक र सैद्धान्तिक ज्ञान हुन्छ ।

–कोरोनाका लागि ३४ हजार बेड, ९५ जना आइसोलेसनमा

–परीक्षणको दायरा तत्काल बढाउन विज्ञको सुझाव

सरकारले जतिसक्दो छिटो परीक्षणको दायरा बढाउने कार्ययोजना सार्वजनिक गर्दै उच्च जैविक सुरक्षा (वायोसेफ्टी)सहितको प्रयोगशाला, परीक्षण कीट, ‘रियल–टाइम पीसीआर’, प्राविधिक र विज्ञ आवश्यक पर्ने बताए ।

७५ दिनको अवधिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १ हजार ६ सय ९७ जनाको कोरोना परीक्षण भएको छ । जसअन्तर्गत ९ जनाको कोरोना पोजेटिभ नतिजा आएको छ भने १ हजार ६ सय ८८ जनाको कोरोना नेगेटिभ नतिजा आएको छ । हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रियल टाइम पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको छ ।

माइक्रो बायोलोजिस्टका अनुसार रियल टाइम पीसीआर भन्नाले रिभर्स ट्रान्सिक्रप्टेज पोलिमरेज चेन रियाक्सन हो । यो प्रविधिमार्फत भाइरसको आरएनएबाट पुनः डीएनए बनाई त्यसको मात्रा हेर्ने गरिन्छ ।

यसैबीच, कैलाली, कञ्चनपुर र बाग्लुङबाट -यापिड डायग्नोस्टिक टेस्ट सुरु भएको छ । कैलालीमा पाँच हजार कीट पठाइएको छ । हालसम्म १ सय ७ जना आइसोलेसनमा उपचाररत छन् । जसमध्ये काठमाडौं उपत्यकामा १२ जना र बाहिर ९५ जना अइसोलेसनमा उपचाररत छन् । देशभरका १० स्थानबाट कोरोना परीक्षण सुरु भइसकेको छ । यस्तै, धुलिखेल, भरतपुर र भैरहवाबाट रियल टाइम पीसीआर प्रविधिमार्फत परीक्षण सुरु भएको छ ।

माइक्रो बायोलोजी संघर्ष समितिका उपाध्यक्ष अजितकुमार राय यादवले सरकारले माइक्रो बायोलोजिस्टको जनशक्ति उपयोगमा ल्याउन नसकेको बताए । हाल माइक्रो बायोलोजिस्ट पढेका नेपालभित्र रहेका योग्य जनशक्ति झन्डै २ हजार ५ सय रहेको छ ।

देशभर क्वारेन्टाइनमा रहेका बेड संख्या ३० हजार ५ सय ६६ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय ५९ आइसोलेसन वेड रहेका छन् । उपत्यकामा ३ सय बढी आइसीयू बेड रहेका छन् । ९ हजार २ सय ६३ जना क्वारेन्टाइन र आइसोलेसन बेडमा रहेका छन् ।

(Visited 192 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाको तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जनस्वास्थ्य विपद् अवस्था’ (हेल्थ इमरजन्सी) घोषणाको तयारी गरेको छ । कोरोना सङ्क्रमणको अवस्था दिनानुदिनु बढेपछि ‘कोभिड–१९ महामारी स्वास्थ्य...

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९६१ पुग्यो

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १०२ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश...

अधिकांश सङ्क्रमितमा कोरोनाको लक्षण छैन

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ...

प्रदेश २ को प्रदेशसभाका ५ मर्यादापालकमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभामा कार्यरत रहेको पाँच जना मर्यादा पालकमा समेत कोरोना संक्रमित भएको छ । प्रदेशसभा सचिवालयका ५ जना मर्यादा...

भर्खरै

शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा...

क्वारेन्टाइनमा पौष्टिक आहार वितरण

डडेल्धुरा । अजयमेरु गाउपालिका– २ का युवाहरुले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई दैनिक पौष्टिक आहार वितरण गर्दै आएका छन् । अजयमेरु गाउपालिका– २ भित्र रहेका ४...

बझाङका एक युवामा कोरोना संक्रमण पुष्टि

बझाङ । भारतबाट बझाङ आएका एक युवामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । एक साताअघि मात्रै भारत बाट जिल्ला पुगेका विथ्थडचिर गाँउपालिका...

अभिनेत्री मनीषा काठमाडौंको होटल क्वारेन्टाइनमा

काठमाडौं । अभिनेत्री मनीषा कोइराला यतिबेला काठमाडौंमा होटल क्वारेन्टाइनमा छिन् । मंगलबार राति काठमाडौं आएकी उनी आफ्ना परिवारसहित होटलमा बसेकी हुन् । दुई साताअघि...

धेरै पढिएका

शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा...

क्वारेन्टाइनमा पौष्टिक आहार वितरण

डडेल्धुरा । अजयमेरु गाउपालिका– २ का युवाहरुले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई दैनिक पौष्टिक आहार वितरण गर्दै आएका छन् । अजयमेरु गाउपालिका– २ भित्र रहेका ४...

बझाङका एक युवामा कोरोना संक्रमण पुष्टि

बझाङ । भारतबाट बझाङ आएका एक युवामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । एक साताअघि मात्रै भारत बाट जिल्ला पुगेका विथ्थडचिर गाँउपालिका...

अभिनेत्री मनीषा काठमाडौंको होटल क्वारेन्टाइनमा

काठमाडौं । अभिनेत्री मनीषा कोइराला यतिबेला काठमाडौंमा होटल क्वारेन्टाइनमा छिन् । मंगलबार राति काठमाडौं आएकी उनी आफ्ना परिवारसहित होटलमा बसेकी हुन् । दुई साताअघि...

ई-पेपर

(Visited 35 times, 1 visits today)