Monday, June 1, 2020
Home खेल एक लेगको तयारी

एक लेगको तयारी

न्योन । महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण विश्व खेलकुद गतिविधि ठप्प छ । फुटबलहरु सुचारु हुने कुनै अवस्था बनेको छैन । अनिश्चित बनेको युरोपेली क्लब फुटबलको शीर्ष दुई ठूला प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग र यूईएफए युरोपा लिग अगस्टमा सकाउने तयारी भइरहेको बताइएको छ ।

यूईएफएका अध्यक्ष एलेक्जेन्डर सेफरिनले हालको अवस्थामा प्रतियोगिता कहिलेबाट सुरु हुन्छ भन्न नसकिने अवस्था रहे पनि अगस्टको पहिलो सातामा च्याम्पियन्स र युरोपा लिगको फाइनल सकाउने योजना र तयारी भइरहेको बताएका छन् । ‘कोरोनाको त्रास कहिलेसम्म रहन्छ । तबसम्म निर्णय गर्न सकिने अवस्था छैन । सामान्य अवस्था हुँदै गएपछि हामी यसबारेमा निर्णय गर्नेछौं । सम्भवतः जुलाईमा खेल सुचारु हुनेछ,’ अध्यक्ष सेफरिनले भने, ‘हामीले आन्तरिक रूपमा अगस्ट ३ मा च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेलाउने योजना बनाइरहेका छौं ।

यसबारे निर्णय हुन बाँकी छ ।’ यस्तै अध्यक्ष सेफरिनले क्वार्टर फाइनलदेखि सिंगल्स राउन्डमा खेलाउनेबारे पनि योजना बनाइरहेको थपे । ‘हामीलाई यो सिजन सकाउनुछ । यसअघिको होम एन्ड अवेलाई यसपटक सिंगल्स राउन्डमा न्युट्रल भेन्युमा खेलाउने कि भन्नेबारे छलफल भएको छ,’ अध्यक्ष सेफरिनले भने, ‘यसबाट क्वार्टर फाइनलबाट ४ र सेमिफाइनलबाट दुई खेल कटौती हुनेछन् । यसले पनि सिजन सकाउन र कोरोनाको त्रास केही हदसम्म कम हुनेछ ।’ उनले प्रि–क्वार्टर फाइनलको दोस्रो लेगको बाँकी खेल भने हुने थपेका छन् ।

स्पेनिस क्लब एट्लेटिको मड्रिड, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), इटालियन क्लब एटलान्टा र जर्मन क्लब आरबी लाइप्जिगले च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा स्थान बनाएका छन् । दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिड, इटालियन क्लब युभेन्टसले फ्रेन्च क्लब लियोन, स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नपोली र जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब चेल्सीसँग खेल्न बाँकी छ ।

यसअघि च्याम्पियन्स लिगको फाइनल टर्कीको इस्तानुबुलमा ३० मेलाई तथा युरोपा लिगाको फाइनल पोल्यान्डमा २७ मेलाई तय भएको थियो ।

(Visited 27 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रौतहटका १७ वटा स्थानिय तहमा कोरोना संक्रमित

रौतहट । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रौतहटको १७ वटा स्थानिय तहमा फैलिएको छ । १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा...

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस...

प्रदेश पाँचमा ७७ जनाले जिते कोरोना

बुटवल । प्रदेश नम्बर पाँचमा ७७ जना कोभिड–१९ (कोरोन भाइरस) लाई जितेर घर फर्किका छन । रूपन्देही, बाँके, कपिलवस्तु, दाङ र पश्चिम नवलपरासीका गरी...

क्वारेन्टाईनमा बसेकालाई खाना खुवाउन सक्रिय छ एनडी प्रकाश भोजन चुलो

डडेल्धुरा । नेपाली काग्रेस डडेल्धुराले एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलो मार्फत डडेल्धुराका विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको भोक मेटाउने कार्य गरेको छ । कोरोना संक्रमणको...

भर्खरै

पाल्पामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । आइतबार पहिलो पटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको पाल्पामा सोमबार २ जना थपिएका छन् । उनीहरु निस्दी गाउँपालिकाका हुन् । प्रदेश...

यस्तो बन्दैछ चाँगुनारायणमा नयाँ सहर

भक्तपुर । चाँगुनारायण नगरपालिकाका ८ वटा वडाका अधिकांश क्षेत्र समेट्ने गरि सञ्चालन हुन लागेको नयाँ सहर आयोजनाको काम आगामी आर्थिक बर्ष ०७७÷०७८ बाट सुरु...

रौतहटका १७ वटा स्थानिय तहमा कोरोना संक्रमित

रौतहट । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रौतहटको १७ वटा स्थानिय तहमा फैलिएको छ । १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा...

गुल्मीका ३१ बर्षीय पुरुषले १० दिनमा जिते कोरोना

गुल्मी । गुल्मीमा ३१ बर्षीय पुरुषले १० दिनमा कोरोना जितेका छन् । मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित कृषि विकास बैंकका कर्मचारी ओव बहादुर डाँगीले...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 2 visits today)