Monday, June 1, 2020
Home Not-to-be-missed विलियनको भविष्य अन्योलमा

विलियनको भविष्य अन्योलमा

लन्डन । इंग्लिस क्लब चेल्सीमा ब्राजिली मिडफिल्डर विलियनको भविष्य अन्योलता बढेको छ । सम्झौता अवधि झन्डै तीन महिना मात्रै बाँकी रहँदा विलियनको भविष्यबारे अन्योल बढेको हो ।

विलियनको सम्झौता २०२० जुनमा सकिँदै छ । क्लबले ३१ वर्षीय विलियनको सम्झौता २ वर्ष थप्ने तयारी गरिरहेको छ । तर, विलियन क्लबसँग तीन वर्ष सम्झौता हुनुपर्ने माग राखेका छन् । ‘त्यहाँ नयाँ सम्झौता हुने सम्भावना छैन । किनकि, मलाई चेल्सीले दुई वर्षको नयाँ सम्झौताका लागि भनेको छ । मैले तीन वर्षको हुनुपर्ने माग राखेको छु ।’ विलियनले भने, ‘तर, चेल्सीले मेरो माग पूरा गर्न इच्छुक छैन । त्यसैले मलाई लाग्छ, यहाँ सम्झौता नवीकरण हुन धेरै गाह्रो छ । सबैलाई थाहा छ । मेरो करार आउँदो जुनमा सकिँदै छ । मलाई लाग्छ, म अब चेल्सीमा रहनेछैन ।’

विलियनलाई अनुबन्ध गर्न स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले चासो देखाइरहेको छ । बार्सिलोनाले अर्काे ब्राजिली प्ले मेकर कौटिन्होलाई चेल्सी पठाएर विलियनलाई अनुबन्ध गर्न सक्ने योजना बनाएको छ ।

‘यहाँ के हुन्छ, हामीलाई थाहा छैन । हामी सम्झौतामा पनि पुग्न सक्छौं । तर, आजको अवस्थामा म के भन्न सक्छु भने, यो अवस्थामा जुनमा मेरो सम्झौता सकिनेछ । म त्यसपछि स्वतन्त्र हुनेछु । म अन्यत्र कतै जान सक्छु ।’ विलियनले भने, ‘मैले चेल्सीमा एकदमै राम्रो चिज बनाएको छु । विशेष रूपमा यहाँको समर्थक र यहाँ काम गर्ने मानिसहरू मन पराउँछु । मैले यहाँ आफूलाई धेरै व्यवस्थित महसुस गरेको छु ।’

विलियनले यो सिजन ३५ खेलमा ६ गोल गरेका छन् । विलियन २०१३ मा रसियन क्लब एफसी एन्जी माखाचाख्लाबाट ३० मिलियन पाउन्डमा चेल्सीमा आएको थिए । त्यसअघि उनले साख्तर डोनेस्कमा ७ सिजन बिताएका थिए । उनले चेल्सीबाट २२६ खेलमा ३३ गोल गरेका छन् । उनले चेल्सीबाट दुईपटक इंग्लिस प्रिमियर लिग र समान एकपटक युरोपा लिग, एफए कप र इंग्लिस फुटबल लिग कप जितेका छन् ।

(Visited 47 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रौतहटका १७ वटा स्थानिय तहमा कोरोना संक्रमित

रौतहट । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रौतहटको १७ वटा स्थानिय तहमा फैलिएको छ । १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा...

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस...

प्रदेश पाँचमा ७७ जनाले जिते कोरोना

बुटवल । प्रदेश नम्बर पाँचमा ७७ जना कोभिड–१९ (कोरोन भाइरस) लाई जितेर घर फर्किका छन । रूपन्देही, बाँके, कपिलवस्तु, दाङ र पश्चिम नवलपरासीका गरी...

क्वारेन्टाईनमा बसेकालाई खाना खुवाउन सक्रिय छ एनडी प्रकाश भोजन चुलो

डडेल्धुरा । नेपाली काग्रेस डडेल्धुराले एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलो मार्फत डडेल्धुराका विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको भोक मेटाउने कार्य गरेको छ । कोरोना संक्रमणको...

भर्खरै

यस्तो बन्दैछ चाँगुनारायणमा नयाँ सहर

भक्तपुर । चाँगुनारायण नगरपालिकाका ८ वटा वडाका अधिकांश क्षेत्र समेट्ने गरि सञ्चालन हुन लागेको नयाँ सहर आयोजनाको काम आगामी आर्थिक बर्ष ०७७÷०७८ बाट सुरु...

रौतहटका १७ वटा स्थानिय तहमा कोरोना संक्रमित

रौतहट । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रौतहटको १७ वटा स्थानिय तहमा फैलिएको छ । १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा...

गुल्मीका ३१ बर्षीय पुरुषले १० दिनमा जिते कोरोना

गुल्मी । गुल्मीमा ३१ बर्षीय पुरुषले १० दिनमा कोरोना जितेका छन् । मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित कृषि विकास बैंकका कर्मचारी ओव बहादुर डाँगीले...

सप्तरीमा एक घण्टाको वर्षाले अधिकांश सडक र टोल जलमग्न

सप्तरी । हावाहुरी र मेघगर्जनसहित सोमबार करिब एक घण्टा भएको वर्षाले सदरमुकाम राजविराजसहित ग्रामिण क्षेत्रका अधिकांश सडक जलमग्न भएको छ । वर्षाको पानीले सिरहा...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 2 visits today)