तरकारीको जातीय सुधारसम्बन्धी ७ दिने तालिम

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को आयोजनामा सञ्चालित तरकारीको जातीय सुधार सम्बन्धी सात दिने तालिम आज सम्पन्न भएको छ । ललितपुरको खुमलटारमा आयोजित सो तालिममा तरकारीको जातीय सुधारको विविध पक्षका ’boutमा बिज्ञहरुले सहभागिलाई प्रशिक्षण दिएका थिए ।

नार्कको आयोजना र फिड द फ्यूचर हर्टिकल्चर, यूएसएआईडीको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको हो । तालिममा नार्क अन्तरगतका तरकारी बालीमा अनुसन्धानरत १५, बिभिन्न विश्वबिद्यालयका ५, संघीय तथा प्रादेशिक कृषि मन्त्रालय अन्तरगतका ६ र निजि बिउबिजन कम्पनीका ४ गरी ३० जनाको सहभागिता रहेको छ ।

सहभागिहरुलाई नर्थ क्यारोलाइना विश्वविद्यालय अमेरिकाका एसोसियट प्रोफेसर डा.दिलिप पन्थी, वल्र्ड भेजिटेवल सेन्टरका डा.डेरेक वारचेन्जर लगायतका विज्ञहरुले प्रशिक्षण दिएका छन् ।

तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै नार्कका कार्यकारी निर्देशन डा.ध्रवराज भट्टराईले तालीममा प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागु गरी तरकारी बालीको क्षेत्रमा उत्कृष्ट काम गर्नुपर्ने बताए । कृषि अनुसन्धानमा उत्कृष्ट काम गर्ने बैज्ञानिक लगायतका सबैलाई नार्कले प्रोत्साहन गर्दै आएको र आउँने दिनमा समेत त्यसलाई जारी राख्ने योजना भएको उनले बताए ।

कार्यकारी निर्देशक डा.भट्टराईले तालिम समापन कार्यक्रमको अध्यक्षता गर्दै नार्कले आयात प्रतिष्थापन गर्न मद्दत पुग्ने अनुसन्धानका कार्यक्रम ल्याउने र नार्कका युवा वैज्ञानिकले अन्तर्राष्ट्रिय स्तरका अनुसन्धान परियोजना ल्याउन र लागू गर्न सजिलो हुने वातावरण तयार गर्न लागेको बताए ।

तालिमको समापन कार्यक्रममा युनिभर्सिटी अफ क्यालिफोर्निया, हर्टिकल्चर इनोभेसन ल्याबका कृष्टेन वेकर, वर्ड भेजिटेबल सेन्टर ताइवानका बैज्ञानिक डेरिक वारकेन्गर, एग्रीफुड क्यानाडाका ऋषीराम बुर्लाकोटी, काठमाडौं युनिर्भसिटीका डा.पुर्णबहादुर नेपाली, त्रिभुवन विश्वविद्यालयका डा.पुष्पराज पौडेल लगायतको सहभागिता रहेको थियो ।

परियोजना संयोजक एवं बैज्ञानिक डा.रामबहादुर खडकाले यो तालिमले नेपालको तरकारी बालीको जातीय सुधारमा कार्यरत बैज्ञानिक, प्राविधिकहरुको क्षमता अभिवृद्धि गरी तरकारी बालीको जातीय सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले खाद्यान्न बालीको भन्दा तरकारी बालीको जातीय विकासको काम कमजोर भएका कारण नेपालमा बर्षेनि ठुलो मात्रामा तरकारीका बीउहरु आयात गर्नुपरेको बताउँदै अब त्यसमा कमी आउँने र नेपालमै तरकारी बालीको जातीय विकास हुने काममा मदत पुग्ने बताए ।

सहपरियोजना संयोजक डा.रञ्जना रावलले कार्यक्रमको सञ्चालन गरेकी थिइन् । गत आईतबारदेखि सुरु भएको सो तालिम सात दिनसम्म सञ्चालन भएको थियो । तालिममा बिभिन्न बैज्ञानिक एवं बिज्ञहरुको अनुभव साटासाट गर्नुका साथै समूहगत छलफल समेत भएको थियो ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले अन्तार्राष्ट्रिय वैज्ञानिक सँस्थाहरुसँगको सहकार्यमा सञ्चालन हुने यस्ता तालीमले नेपालका बैज्ञानिकहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धी र राष्ट्रको माग अनुरुपको अनुसन्धान गर्न सक्षम हुन मद्दत गर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एमाले–विप्लव गठबन्धन गृहकार्य