Friday, June 5, 2020
Home बिचार जनतामा सरकार भएको अनुभूति देऊ

जनतामा सरकार भएको अनुभूति देऊ

विश्वव्यापी महामारीको रूप लिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले सरकारले गत १० चैत्रदेखि गर्दै आइरहेको लकडाउनलाई आगामी ३ वैशाखसम्म लम्ब्याउने निर्णय गरेको छ । झन्डै २१ दिनसम्म बन्द कोठामा बस्नुपर्दा नागरिकहरू उकुसमुकुस हुने अवस्था आएको छ । त्यसैगरी दैनिक उपभोग्य वस्तुहरूको जोहो गर्न समस्या पर्दै आएको छ । दैनिक ज्यालादारी गरेर खाने गरिब विपन्नको चुलो नबल्ने अवस्थामा पुगेको छ । कोरोना भाइरसको महामारीले उग्ररूप लिनुभन्दा केही दिन घरभित्रै बस्दा बुद्धिमतापूर्ण कार्य हुनेमा दुईमत छैन । तर, कोरोना भाइरसको सम्भावित जोखिमलाई कम गर्न भन्दै लगातार लकडाउन मात्रै गर्दै आइरहेको सरकारले नागरिकका समस्या समाधान गर्न भने कानमा तेल हालेर बसेको हो कि जस्तो अनुभूति हुन थालेको छ । यस्तो अवस्थामा सर्वसाधारण जनताको घरदैलोमा राज्यको उपस्थिति देखिन जरुरी छ ।

विश्वका धेरै देश यतिखेर कोरोना भाइरसको महामारीबाट अत्याधिक रूपमा आक्रान्त भइरहेका छन् । आक्रान्त भएका प्रायः सबै देशले लकडाउन गरेका छन् । त्यसैले हाम्रो सरकारले पनि ती देश जसरी नै लकडाउन गरिरहेको छ । तर, सिंगो देश नै लामो समयसम्म लकडाउन गर्नु पक्कै पनि समस्याको समाधान होइन । नेपालमा कोरोना भाइरसको समस्या भनेको आयातीत समस्या हो । यहीं नै सिर्जित समस्या होइन । विशेषगरी बाह्य देशबाट आउने नागरिकले नै कोरोना भाइरसको संक्रमण लिएर नेपाल आउने गरेको पुष्टि भइसकेको छ । त्यसैले आगामी दिनमा हामीले अपनाउने प्रमुख सजगता भनेकै बाह्य देशबाट अन्य नागरिक आउन रोक्नु नै हो । यसका लागि सरकारले अन्तर्राष्ट्रिय विमानस्थललाई अझै केही साता बन्द नै गर्ने र भारतीय नाकालाई कडिकडाउ गर्ने हो भने हामीले भावी दिनमा ठूलो समस्या भोग्नुपर्ने अवस्था आउँदैन । त्यसैले सरकारले देशव्यापी रूपमा लकडाउन गर्ने कार्यक्रमलाई लामो समयसम्म लम्ब्याउनु हँुदैन ।

अब प्रायः सबै नागरिमा सामाजिक दूरी कायम गर्ने र कोरोनाबाट बच्ने उपायका बारेमा जानकारी भइसकेको छ । त्यसैले लकडाउनलाई केही खुकुलो पार्दैमा त्यस्तो ठूलो जोखिम आइहाल्छ भनेर आतंकित हुन जरुरी छैन । पछिल्लो समयमा तेस्रो मुलुक र भारतबाट नेपाल आएका नागरिकको छिटोभन्दा छिटो पहिचान गरी उनीहरूलाई परीक्षण प्रणालीमा समावेश गर्न सकिएमा सम्भावित जोखिमबाट सहजै बच्न सकिनेछ । अहिलेको सबैभन्दा ठूलो समस्या भनेकै बाहिरबाट आएका नागरिकको ट्रयाकिङ, ट्रेसिङ र टेस्टिङ गर्न नसक्नु हो । त्यसैले सरकारले त्यस्ता सबै नागरिकको छिटोभन्दा छिटो पहिचान गरी परीक्षण गर्नेतर्फ लाग्नु पर्छ । आशंकित धेरैभन्दा धेरै व्यक्तिको स्वाब परीक्षण गर्नेतर्फ कुनै पहल नगर्ने तर लकडाउन मात्रै लम्ब्याएर नागरिकलाई दुःख दिइरहने प्रवृत्ति सरकारले सच्याउँनैपर्छ । नागरिक बन्द कोठामा थुनिएर एक छाक खान बाध्य हुँदा धैर्य गरेरै बसिरहेका छन् । यस्तो अवस्थामा नागरिकसमक्ष सरकार भएको अनुभूति दिलाउन सरकारी निकायले रातदिन काम गरेर देखाउने बेला पनि हो ।

आमजनताको बिहान बेलुकीको चुल्हो बले नबलेको बारेमा केन्द्रीय, प्रदेश र स्थानीय सरकारले आवश्यक समन्वय गरी जनताको समस्या समाधान गर्ने खालका कार्यक्रम ल्याउनुपर्छ र त्यसको व्यावहारिक कार्यान्वयन गर्नुपर्छ । यसो गर्न सकेमा मात्रै आमजनताले यस्तो संकटको समयमा पनि सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सक्नेछन् ।

(Visited 35 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाको तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जनस्वास्थ्य विपद् अवस्था’ (हेल्थ इमरजन्सी) घोषणाको तयारी गरेको छ । कोरोना सङ्क्रमणको अवस्था दिनानुदिनु बढेपछि ‘कोभिड–१९ महामारी स्वास्थ्य...

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९६१ पुग्यो

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १०२ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश...

अधिकांश सङ्क्रमितमा कोरोनाको लक्षण छैन

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ...

प्रदेश २ को प्रदेशसभाका ५ मर्यादापालकमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभामा कार्यरत रहेको पाँच जना मर्यादा पालकमा समेत कोरोना संक्रमित भएको छ । प्रदेशसभा सचिवालयका ५ जना मर्यादा...

भर्खरै

सिन्धुलीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । सिन्धुलीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका ६ मा रहेको क्वारेन्टाइनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमण...

बाबुछोराको कुटाईबाट दाङमा इन्सपेक्टर घाइते

तुलसीपुर । ईलाका प्रहरी कर्यालय खिलतपुरका इन्चार्ज तथा प्रहरी निरीक्षकमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका–६ पंचकुले...

शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा...

क्वारेन्टाइनमा पौष्टिक आहार वितरण

डडेल्धुरा । अजयमेरु गाउपालिका– २ का युवाहरुले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई दैनिक पौष्टिक आहार वितरण गर्दै आएका छन् । अजयमेरु गाउपालिका– २ भित्र रहेका ४...

धेरै पढिएका

सिन्धुलीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । सिन्धुलीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका ६ मा रहेको क्वारेन्टाइनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमण...

बाबुछोराको कुटाईबाट दाङमा इन्सपेक्टर घाइते

तुलसीपुर । ईलाका प्रहरी कर्यालय खिलतपुरका इन्चार्ज तथा प्रहरी निरीक्षकमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका–६ पंचकुले...

शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा...

क्वारेन्टाइनमा पौष्टिक आहार वितरण

डडेल्धुरा । अजयमेरु गाउपालिका– २ का युवाहरुले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई दैनिक पौष्टिक आहार वितरण गर्दै आएका छन् । अजयमेरु गाउपालिका– २ भित्र रहेका ४...

ई-पेपर

(Visited 35 times, 1 visits today)