जीवित पतिको मृत्यु दर्ता गराई भत्ता बुझ्ने महिलालाई ३ महिना कैद सजाय

काठमाडौं । जीवितै रहेका आफ्ना पतिको मृत्यु दर्ता गराएर एकल महिला भत्ता खाने एक जनालाई तीन महिना जेल सजाय भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मृत्यु दर्ता गर्ने वडासचिव शिवकुमार महतो र महिला निर्मला खत्रीलाई दोषी ठहर गरेको हो । रामेछापको मन्थली नगरपालिका–३ बस्ने रामबाबु खत्रीको मृत्यु दर्ता गराएर करिब १२ महिनासम्मको एकल महिला भत्ता खाएको प्रकरणमा निर्मला खत्री दोषी ठहर भएकी हुन् ।

उनलाई आफ्ना जीवित पतिलाई मृत्यु भएको भनी विवरण पेस गरी गलत लिखत बनाएर मृत्यु दर्ता गरी एकल महिला भत्ता खाएको प्रकरणमा दोषी ठहर गर्दै विशेषले तीन महिना कैद र १० हजार रुपैयाँ जरिमानाको फैसला गरेको हो ।

उता तत्कालीन वडासचिव शिवकुमार महतोलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ को कसुरमा सोही दफाबमोजिम ३ महिना कैद र १० हजार जरिमाना भएको छ । तत्कालीन वडा सचिव महतोले २०७८ साल भदौ २१ गते नै एकल महिला भत्ताको परिचयपत्र त्यही दिनदेखि लागू हुनेगरी बनाइदिएका थिए । महतोले निर्मलालाई दिएको परिचयपत्रमा बुवाआमाको मात्र नाम खुलाएका थिए । त्यसमा पतिको नाम खुलाइएको थिएन ।

आफ्नो मृत्यु दर्ता प्रमाणपत्र दर्ता गराएका खत्री जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला कारागार रामेछापमा कार्यरत थिए । पत्नीलाई एकल महिला भत्ता खुवाएको खुलेपछि कारबाही छल्न उनी जिल्ला कारागार सरुवा भएका थिए । त्यसको केही समयमै उनले राजीनामा दिए । कारबाहीको डरले चाँडै राजीनामा दिएको चर्चा त्यस बेलै चलेको थियो ।

मन्थली नगरपालिकाबाट निर्मलाले २०७९ माघसम्म १५ महिनाको सामाजिक सुरक्षा भत्ता बुझेकी थिइन् । निर्मलाका पति जीवितै रहे पनि उनले एकल महिला भत्ता लिइरहेको तथ्य बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा