भुल भुलैमा ३ मा विद्या बालन जोडिइन्

मुम्बई । बलिउड फिल्म ‘भुल भुलैया १ र २’ को सफलतापछि भुल भुलैया ३ निर्माण हुने भएको छ । कम बजेटमा बनेका यी दुबै फिल्मले ठूलो सफलता हासिल गरेको थियो । अक्षय कुमार होस् वा कार्तिक आर्यन, फिल्मको विषयवस्तु, कथा र कथाले फ्यानहरूको मन जितेको थियो। जहाँ फिल्मको पहिलो सिक्वेलमा अक्षय कुमार र विद्या बालनको उत्कृष्ट समन्वय देखिएको थियो ।

दोश्रो सृँखलामा आफुलाई नराखिएको भन्दै अभिनेत्री विद्या बालनले निर्माण टिमको टिप्पणी गरेकी थिईन् । यो फिल्मको दोश्रो सिक्वेलमा कार्तिक आर्यन, तब्बु र कियारा आडवाणीको मुख्य भुमिका निभाएका थिए । यो फिल्ममा अक्षय कुमारले भने समय दिन सकेका थिएनन् ।

यही कारण पहिलो भन्दा दोश्रो सिक्वेल कमजोर भएको टिप्पणी आएपछि अब भुल भुलैयाको तेस्रो सिक्वेलमा मौलिक मञ्जुलिका अर्थात विधा बालनलाई समावेश गर्ने निर्णय निर्माण पक्षले गरेका छन् ।

कार्तिक आर्यनले आफ्नो इन्स्टा ह्यान्डल मार्फत भुल भुलैयाको मूल मञ्जोलिका अर्थात् विद्या बालन भुल भुलैया ३ मा फर्किने जानकारी दिएका छन् । यो कुरालाई विधा बालनले पनि पुष्टी गरेकी छिन् ।

अब विद्या बालनको खतरनाक रुप र दमदार कथा भुल भुलैया ३ मा देखिने यसका निर्माण पक्षको कथन छ । तर अक्षय कुमार भने यो फिल्ममा रहने या नरहने भन्ने निर्णय भएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लामा चार पालिकामा काँग्रेस,दुईमा माओवादी र एकमा स्वतन्त्र विजयी