किताब पढाइयो, जीवन पढाइएन

किताब पढाइयो, जीवन पढाइएन भन्नुको अर्थ हाम्रो शिक्षा प्रणालीबाट शिक्षित जनशक्ति गरिखाने बन्नसकेन भन्न खोजिएको हो । शिक्षा व्यावहारिक हुनुपर्छ । जीवनमा आइपर्ने आधारभूत कार्यहरू गर्न सक्षम बनाउने शिक्षा नै जीवन उपयोगी शिक्षा हो । हाम्रो मुलुकको शिक्षा प्रणालीले जागिरे मनस्थिति विकास भएको जनशक्ति उत्पादन ग¥यो । शिक्षितहरूले स्वरोजगारका क्षेत्रहरू पहिल्याउन सकेनन् । आज शिक्षित जनशक्ति रोजगारीका लागि भौतारिइरहेका छन् । मुलुकभित्र आयआर्जनको अवसर नभएपछि जागिर खोज्दै विश्वका धेरै मुलुकमा पुग्ने गरेका छन् । विश्वविद्यालयसम्मको पढाइमा पनि कुनै व्यवसाय रोज्न, खोज्न र टिकाउनसक्ने ज्ञान तथा सीपको अभाव रह्यो ।

शिक्षितहरूले आप्mना खेतबारीमा व्यावसायिक तरिकाले उत्पादन गरी कृषि तथा पशुपालन व्यवसायलाई आयआर्जनको स्रोत बनाउनसक्ने शिक्षाको अभाव रह्यो । शिक्षितहरूले न त पानीका धारा जोड्नसक्ने सीप सिक्नसके, न त विद्युत्सम्बन्धी साधारण टेक्निकल सीप, न त सुरक्षित तरिकाले ग्यास सिलिन्डरहरू प्रयोग गर्नसक्ने क्षमता नै । घर वा अफिसमा विद्युत् सर्ट भयो भने पुर्पुरोमा हात लगाएर जान्ने मान्छे खोज्न भौतारिनुपर्ने अवस्था अधिकांश शिक्षित घरपरिवारको समस्या हो । यसैगरी, पानीको धारा बिग्रिए पनि समस्या उस्तै । यसरी हेर्दा विद्यालयदेखि विश्वविद्यालयसम्म किताब पढाइयो, व्यावहारिक तथा व्यावसायिक शिक्षा पढाइएन ।

रोजगारमैत्री शिक्षाको दृष्टिकोणबाट हेर्दा हाम्रो शिक्षा प्रणाली अत्यन्त कमजोर छ । शिक्षित व्यक्तिको दिमागलाई उत्पादकत्व बढाउने खालको पेसागत सीपमा आधारित ज्ञान तथा व्यावसायिक सीपमा आधारित शिक्षा भएको भए समाजमा जीवनमा आइपर्ने घरयसी तथा व्यावसायिक कामहरू गर्न सक्षम जनशक्ति उत्पादन हुने थियो । पुस्तागत पेसालाई आवश्यकताका आधारमा आधुनिकीकरण गर्दै जीवनयापनसँग गाँसिएका अनेक प्रकारका व्यावहारिक ज्ञान शिक्षाबाट आर्जन भएको भए भौगोलिक विविधताका आधारमा हिमाल, पहाड र तराईमा उत्पादनको सम्भावनाका आधारमा आयआर्जनका स्रोतहरू खोजी हुने थिए । हिमाली क्षेत्रमा चौंरीपालन, चौंरीको दूधबाट छुर्पी उत्पादन, भेडा, च्यांग्रा पालन र यिनीहरूको ऊनबाट राडी, पाखी बनाउनसक्ने सीप हिमाली क्षेत्रको आम्दानीको स्रोत बन्नसक्ने थियो । यसैगरी, यस क्षेत्रमा उत्पादन हुने अन्नबाली तथा फलपूmल खेतीलाई आधुनिक तथा व्यावसायिक उत्पादन गरी आम्दानी गर्नसक्ने थिए ।

यसैगरी, पहाडी क्षेत्रमा बसोबास गर्ने वा त्यहाँका शिक्षालयहरूमा पढेका विद्यार्थीले उन्नत जातका गाई, भैंसी, बाख्रा, कुखुरा पालन, हल्टिकल्चर, ल्फोरिकल्चर, चिसो पानीमा हुर्कने प्रजातिका माछापालनजस्ता काम गरी आयआर्जन गर्नसक्ने थिए । पहाडी क्षेत्रमा उत्पादन हुने धान, मकै, गहुँ उत्पादन, कोदो जुनार, कागति, केरा, कफी, एभोकाडो, लिची, अम्बा, अदुवा, अम्रिसो, अलैंचीलगायतका आधुनिक उत्पादनका फार्महरू सञ्चालन गरी आयआर्जन गर्नसक्ने थिए । शिक्षाबाट उल्लिखित उत्पादन गर्ने कृषि शिक्षाको आधुनिक ज्ञान तथा सीप आर्जन भएको भए शिक्षितहरूलाई बल्ल जीवनमा काम लाग्ने शिक्षा आर्जन हुने थियो । शिक्षा र उत्पादनको अन्तरसम्बन्ध रहने थियो ।

सिद्घान्त र उपदेशमा आधारित परम्परावादी शिक्षाले कुरौटे शिक्षित मात्र उत्पादन गर्छ

तराईलाई अन्नको भण्डार भनिन्छ । तराईमा उत्पादन हुने अन्न, फलपूmल, गेडागुडी, उखु, केरा, बदाम, खरबुजा, विभिन्न प्रकारका तरकारीहरू, आँपलगायत उतपादन गर्ने आधुनिक पद्घति र कृषिमा आधारित कच्चापदार्थबाट चल्ने उद्योगधन्दाहरू स्थापना गर्न सक्षम जनशक्ति उत्पादन हुननसक्नु नै बेरोजगारी समस्या हो । शिक्षित जनशक्तिमा कृषि, पशुपालन तथा उद्योगको क्षेत्रमा काम गर्न न त इच्छा छ, न त ज्ञान । कक्षा कोठामा न्युटनको, अल्बर्ट आइन्सटाइन, डार्बिनलगायत वैज्ञानिकहरूको जीवनी र उनीहरूले पत्ता लगाएका थेउरीहरू खोकाउने काम गरिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ति एवं व्यक्तित्वहरूको जीवनी घोकाउने र उनीहरूले गरेको योगदानका ’boutमा वर्णन गर्न लगाउने शास्त्रीय शैलीको शिक्षा छ । आउटडेटेट शिक्षा हो । प्रेरक व्यक्तिहरूको जीवनीबाट प्रेरणा लिएर नयाँ काम गर्नुपर्छ भन्ने ऊर्जा सिकाइमा परेन । यस्तो शिक्षाले अरूका ’boutमा ज्ञान तथा सूचनाको गोदाम बनाइदिन्छ । शिक्षितलाई सिर्जनशील बनाउनसक्दैन ।

हाम्रा शिक्षालयहरूमा नेपालले भारत, चीन, युक्रेनलगायतका मुलुकबाट खाद्यान्न आयात गर्छ भन्ने सूचनात्मक विषयवस्तु कण्ठ गर्न लगाइन्छ । नेपालले कहाँबाट खाद्यान्न, फलपूmल, तरकारी, माछामासुलगायतका वस्तुहरू आयात गर्छ भन्ने खालका प्रश्नहरू निर्माण गरी उत्तर खोजिन्छ र श्रेणी बढाउने काम गरिन्छ । अनि कसरी शिक्षा उत्पादनशील बन्नसक्छ ? कसरी वैज्ञानिक, अनुसन्धानमूलक, व्यावसायिक तथा जीवन उपयोगी बन्नसक्छ ? यस अर्थमा शिक्षितहरूले किताब पढे जीवनमा काम लाग्ने अति आवश्यक कुराहरू पढ्न पाएनन् ।

सांस्कृतिक दृष्टिकोणबाट हेर्दा पनि शिक्षाले हाम्रो मुलुकको भाषा, संस्कृति, धर्म, परम्परागत मूल्य र मान्यताहरूको संरक्षण तथा राष्ट्रिय भावनाको अंकुरण गर्न सकेको अवस्था छैन । संस्कृतिको समाजको सम्पत्ति हो । परम्परादेखि चल्दै आएका विश्वास, चालचलन, संस्कार, रीतिरिवाज, रहनसहन र विचारबाट निर्माण भएका मूल्य र मान्यताहरूको समग्र रूप हो । अनन्त पूर्वदेखि आचार विचार आदिका आधारमा विकसित हुुँदै आएको समाजको यथार्थ स्वरूप देखिने क्रियाकलाप, चलन र प्रचलनहरूमा संस्कृति भएकाले शिक्षाले यसकोे हस्तान्तरण गर्न सकेको छैन । यहाँ पनि शिक्षा चुकेको छ ।

संस्कृतिको विकासमा शिक्षाको ठूलो भूमिका हुन्छ । अहिले नेपाली समाजमा पाश्चात्य संस्कृतिको प्रभाव व्याप्त छ । शिक्षामा स्वदेशीपनको अभाव छ । स्वदेशीपन भन्नाले मुलुकको माटोलाई भावनात्मक रूपले माया गर्ने नागरिक उत्पादन गर्ने शिक्षा भन्ने बुभ्mनुपर्छ । समाजमा कथ्य परम्परालाई लेख्यमा लिपीबद्घ गर्ने काम शिक्षाको हो । सांस्कृतिक शिक्षाको अभावमा समाजमा प्रचलित कथा, कथन वा दन्त्यकथामा आधारित सांस्कृतिक चलन र प्रचलनहरू हराउँदै जान्छन् । अन्धविश्वासका रूपमा चलनचल्तीमा रहेका संस्कृति वा परम्पराहरूलाई संशोधन तथा परिमार्जन गर्ने काम पनि शिक्षाको हो । समाजका हरेक व्यक्तिमा मुलुकलाई माया गर्ने भावनात्मक चिन्तन र फराकिलो चेतनाको विकास भएको भए आज शिक्षित पुस्ता बत्तीमा पुतली झुमिएझंै विदेश होमिने थिएनन् । शासक, प्रशासकहरूले मुलुकको हितभन्दा बाहिर सोच्ने थिएनन् । शिक्षितहरूले मुलुकमै भविष्य देख्ने थिए ।

अहिले युवापुस्ता स्वदेशमा बस्न चाहँदैनन् । एउटा बालकलाई विश्वविद्यालयसम्म पढाउँदा राज्यको ठूलो रकम खर्च हुन्छ । उच्चशिक्षा हासिल गरिसकेपछि आपूmले आर्जन गरेको ज्ञान तथा सीपका आधारमा मुलुकलाई योगदान गर्ने उर्वर समयमा शिक्षितहरू विदेश पलायन हुँदा राष्ट्रलाई ठूलो क्षति भएको छ । शिक्षामा गरेको लगानी खेर गएको छ । शिक्षित जनशक्ति विदेश जाने काराणहरूको उत्खनन गर्ने हो भने रोजगारीको समस्या मात्र होइन । शिक्षितहरूलाई मुलुकको माटोसँग खेल्न शिक्षाले सिकाएन । मेहनत गर्न सिकाएन । स्वदेशको महत्व बुभ्mन सिकाएन ।

विद्युत सट भयो भने पुर्पुरोमा हात लगाएर जान्ने मान्छे खोज्न भौतारिनुपर्ने अधिकांश शिक्षित परिवारको समस्या हो

वैज्ञानिक दृष्टिकोणबाट शिक्षाको आउटपुट हेर्दा हाम्रा विश्वविद्यालयहरू अनुसन्धानका केन्द्र बन्न नसकेको प्रस्ट हुन्छ । मुलुकमा प्राकृतिक स्रोत र साधनहरू पर्याप्त छन् । भू–गर्वमा भएका सुन, चाँदी, हीरा, मोती, कोइला, पेट्रोलियम पदार्थहरूको पहिचान एवं उत्खनन हुन सकेको छैन । वनस्पति शास्त्रका दृष्टिकोणबाट हेर्दा पनि शिक्षाको भूमिका असाध्यै कमजोर देखिन्छ । हाम्रो मुलुकमा भौगोलिक विविधतानुसार वनस्पतिहरू पाइन्छन् । हरेक हावापानीमा भिन्नभिन्न प्रकारका रूख, बिरुवाहरू पाइन्छन् । विद्यार्थीहरूले अध्ययन गर्ने शिक्षालय वरिपरि नै अमूल्य जडिबुटी तथा उपयोगजन्य वनस्पतिहरू छन् । तर, शिक्षाले यी वनस्पतिको पहिचान र उपयोग गर्न सिकाउँदैन । मुलुकमा पाइने अमूल्य जडिबुटी तथा वनस्पतिहरूका ’boutमा पाठ्यक्रम तथा पाठ्यपुस्तमा उल्लेख छैन । वनस्पति शास्त्रका ’boutमा शिक्षालयहरूमा पढाउने शिक्षक प्राध्यापकहरू नै बेखबर छन् । पहिचान, उपयोग र महत्व बुभ्mन नसक्दा अमूल्य बोट बिरुवाहरूको उपयोग हुनसकेको छैन ।

अन्त्यमा शिक्षा र आयआर्जनका सम्बन्ध बलियो हुनुपर्छ । शिक्षा र व्यावहारिक ज्ञानको अन्तरसम्बन्ध हुन नसक्ने शिक्षा किताबी शिक्षा हो । जीवनका आवश्यकता पूरा गर्न नसक्ने अधुरो शिक्षा हो, अपुरो शिक्षा हो । शिक्षा ज्ञानको स्रोत मात्र होइन, व्यक्ति, समाज र मुलुकका आवश्यकताहरू पूरा गर्ने माध्यम पनि हो । शिक्षाले हरेक शिक्षित व्यक्तिलाई आप्mनो इच्छा र चाहना अनुरूपको पेसागत ज्ञान र सीप सिकाउनुपर्छ । शिक्षित व्यक्तिले सैद्घान्तिक रूपमा पढेका र सिकेका कुरालाई व्यवहारमा उतार्नसक्ने शिक्षा नै जीवन उपयोगी शिक्षा हो । सिद्घान्त र उपदेशमा मात्र आधारित परम्परावादी शिक्षाले कुरा गर्न सिकाउँछ, तर काम गर्न सिकाउँदैन । शास्त्रको वर्णन गर्न सिकाउँछ, शास्त्रार्थ गर्न सिकाउँदैन ।

यस किसिमको शिक्षाले व्यक्तिको आर्थिक आवश्यकतालाई पूरा गर्नसक्दैन । समयको मागलाई सम्बोधन गर्नसक्दैन । त्यसैले घर, खेतबारी, करेसाबारी, वन, जंगल, जल, जमिन हरेक ठाउँमा वैज्ञानिक तथा व्यावसायिक रूपमा काम गर्न सक्षम जनशक्ति उत्पादन गर्ने मोडेलको शिक्षा आजको आवश्यकता हो । जीवनमा आईपर्ने व्यावहारिक कामहरू गर्नसक्ने आजको आवश्यकता हो । त्यसैले, शिक्षालाई सिद्घान्त सिकाउने तरिकाबाट बदलेर जीवन बाँच्ने कला सिकाउने माध्यम बनाऔं । सिर्जनशीलता र आयआर्जनमा जोडांै ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीमा गठबन्धनका हेमकर्ण पौडेल विजयी