बागमतिका मेयर भरतका जीबनकथामा फिल्म

काठमाडौं । सर्लाहीस्थित बागमती नगरपालिकाकाबाट दोश्रो पटक पनि मेयर बनेका भरत कुमार थापामाथि चलचित्र निर्माण हुने भएको छ । उनको जीवन कथामा केन्द्रित रहेर नयाँ चलचित्र ‘मेयर’को निर्माण सुरु भएको छ ।

यो चलचित्रको बुधबार सरस्वती पुजाको अबसर पारेर काठमाडौंको नारायणहिटी मन्दिरमा शुभ मुहूर्त गरियो । यो चलचित्रलाई दीपेन्द्र के. खनालको निर्देशन गर्दैछन् । सिनेमाको छायाँकन काठमाडौंमा केही छायाँकन गरेर युनिले १२ फागुनबाट सर्लाहीको बागमतिबाट बाँकी छायाँकन अघि बढाउने निर्देशक खनालले मुहुर्तका क्रममा बताए ।

मुलुक भर धेरै मेयर हुँदा हुँदै भरत थापामाथि नै फिल्म बनाउनुको कारण’bout निर्देशक दीपेन्द्र के खनालले भने,‘नेपालको कान्छो नगरपालिका बागमतिका मेयर भरत थापाले भरत ताल लगायत विभिन्न सँरचना बनाएर त्यहाँ गरेको बिकाशबाट म साह्रै प्रभावित भएँ । उनको जीवनको आरोह अबरोह एउटा निकै राम्रो फिल्मको कथा झैं लागेका कारण मैले उनको जीवनमा केन्द्रित रहेर चलचित्र नै निर्माण गरेको हुँ ।’ फिल्ममो भरत थापाको सकरात्मक र नकरात्मक दुबै पाटो समेटिने पनि उनले बताए ।

यो चलचित्रमा मेयर भारतको भूमिा अभिनेता खगेन्द्र लामिछानेले र मेयर पत्नीको भूमिका अभिनेत्री वर्षा राउतले निभाउँदै छन् । उनीहरुले पहिलोपटक एकसाथ काम गर्न लागेका हुन् । चलचित्रमा मेयर भरतकी छोरी अर्विशा थापाले भने आफ्नै अर्थात मेयरको छोरीकै भूमिका निर्वाह गर्दैछिन् ।

यो चलचित्रको अन्य कलाकारमा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायत छन् ।

महेश दवाडीको पटकथा लेखन रहेको फिल्मलाई कृष्ण बहादुर थापाले खिच्नेछन् भने जयन जे वाइवा र कल्याण सिंहको संगीत रहनेछ । मेयर भरत थापाको समेत लगानी रहने यो चलचित्रका अन्य निर्मातामा श्रृष्टिमाँ खनाल र शर्मिला पाण्डे छन् ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराकाे स्वामिकार्तिक खापरमा अध्यक्ष, उपाध्यक्षमा कांग्रेसका राेकाया र जाेशी निर्वाचित