प्रणय दिवसमा उदित र दिपाको प्रेमिल गीत

काठमाडौं । एक समय नेपाली गीतका गायक गायिका भनेर चिनिएका उदित नारायण झा र दीपा झाको स्वरमा पछिल्लो समय गीत आउने क्रम निकै कम भएको छ ।

यही छेकोमा प्रणय दिवसका अबसर पारेर यी दुईको स्वरमा नयाँ गीत थाहा छैन आज भोली…लाई काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ ।

एक कार्यक्रमका बीच गीतकार समाजका अध्यक्ष बसन्त बित्यासी थापा, अग्रज गीतकार बिबी थापा, संगीतकार राजु सिंहलगायतले यो गीतको एल्बमलाई सँयुक्त रुपमा सार्वजनिक गरेका छन् ।

गीतसँगै थाहा छैन आज भोलीको भिडियो पनि सार्वजनिक गरिएको हो । यो गीतको मुम्बईमा रेकर्ड गरिएको हो । अमेरिका बस्दै आएकी गीतकार सरला श्रेष्ठले यो गीत लेखेकी हुन् । गीतमा लक्ष्मण पोखरेलको संगीत रहेको छ । गीतलाई संगीत संयोजन मनोज चौलागाईंले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा गहिरो प्रेममा रहेको एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानी देखाइएको छ ।

युवा युवतीको प्रेम सम्बन्धलाई यो गीतको भिडियोमा समेटिएको छ । भिडियोमा मोडलद्धय भिजु पार्की र श्रद्धा क्षेत्रीले अभिनय गरेका छन् । भिडियोको निर्देशन सुव्रत आचार्यले गरेका हुन् भने यसमा उत्सव दाहालको छायाकंन, विकास दाहालको सम्पादन छ ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित