लिग डिभिजन–२ : टस हारेर नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आजबाट सुरु भएको आइसीसी क्रिकेट विश्वकप लिग–२ को (२०२३–२०२७) को पहिलो खेलमा नामिबियाले नेपालको सामना गर्दैछ । नामिबियाले टस जितेर फिल्डिङ रोजेको छ । खेल त्रिविवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु भएको हो ।

२०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रियाअन्तर्गत त्रिदिवसीय सिरिजको पहिलो सिरिज हो । आइसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यसअघि (२०१९– २०२३) मा पनि यही फर्म्याटमा प्रक्रिया शुरु भएको थियो ।

लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् । आइसीसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

क्रिकेट विश्वकप लिग(२ को २०२३–२०२७ साइकलको शुरुवात नेपालबाट भएको हो । आजदेखि काठमाडौँमा नेपालसहित नामिबिया र नेदरल्याण्डसले त्रिकोणीय सिरिजको शुरुवात भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि घोषणा गरेको टिममा दुई परिवर्तन गर्दै आफ्नो टिम बुधबार सार्बजनिक गरेको थियो । क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग(२ खेल्ने टिममा समावेश गरेको हो । क्यानले रिजन ढकाल र अर्जुन साउदलाई बाहिर राखेर अनिल र देवलाई टिममा समावेश गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले लिग– २ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा पनि टिममा फर्किने छन् ।
लिग–२ को सिरिज खेल्ने नेपाली टिम– रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ ।

खेल तालिकाः
फागुन ३ गते विहिबार– नेपालविरुद्ध नामिबिया
फागुन ५ गते शनिबार– नेपालविरुद्ध नेदरल्यान्ड्स
फागुन ७ गते सोमबार– नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन ९ गते बुधबार– नेपालविरुद्ध नामिबिया
फागुन ११ गते शुक्रबार– नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबार– नेपालविरुद्ध नेदरल्यान्ड्स

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र : विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म