सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एकजना घाइते

सिन्धुली । मदनभण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका वडा नं. ९ आँपडाँडामा शुक्रबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन । दुधौली नगरपालिका वडा नं. ९ आँपडाँडामा एउटा मोटरसाईकलले अर्को मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि दुधौली नगरपालिका वडा नं. १० का बेचु कुमँरको मृत्यु भएको छ । उनको उपचारका लागि कटारी अस्पताल लाँदै गर्दा मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा परि दुधौली नगरपालिका वडा नं. ९ का हरि राउत घाईते भएका छन । उनको दुधौलीमा रहेको प्रयाग अधिकारी हस्पिटलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

डकाहाबाट दुधौली तर्फ जाँदै गरेको १०प३९०९ नम्बरका मोटरसाईकललाई पछाडिबाट गईरहेको प्र१–०५–००१प६२८६ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो । मोटरसाईकल ठक्कर खाएपछि दुवै मोटरसाईकलका चालक १० फिट तल खेतमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवि दाहालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दशरथचन्द नगरपालिका ११को वडाअध्यक्षमा एमालेका पन्त विजयी, ३ वडाको मतपरिणाम सार्वजनिक