बैतडीमा रुखले च्यापेर १९ बर्षीय किशोरको मृत्यु

बैतडी । बैतडीमा रुखले च्यपिएर एक व्यक्तिको मृत्यु भएको छ । पाटन नगरपालिका वडा नं ५ अड्तोलाका १९ वर्षीय प्रकाश पाण्डेयको आफैले काट्दै गरेको सल्लाको रुखमुनी च्यापिएर मृत्यु भएको हो ।

आज बिहान घर नजिकैको जङ्गलमा सल्लाको रुख काटिरहेका पाण्डेय सोही रुखमुनी च्यापिएर गम्भीर घाइते भएका थिए । मध्यान्न १२ बजेको समयमा पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारको उनको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिनुभयो ।

मृतक प्रकाश सिद्धेश्वर मावि मेलचौरामा कक्षा १२ मा अध्ययनरत थिए ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तहको निर्वाचनमा दलको चुनावी घोषणापत्र