प्रिज्मा टिभीले बढी टेली चलचित्र देखाउने

काठमाडौं । नेपालमा पछिल्लो समय टेलिभिजनले नेपाली सामाजिक टेली सृँखलाहरु प्रशारण गर्ने क्रम घटाएको छ । केही टेलिजिभनमा हास्य टेली सृँखला प्रशारण हुँदै आए पनि नेपाल टेलिभिजन, कान्तिपुर टिभीलगायतको टेलिभिजनले बिगतको तुलनामा पछिल्लो समय टेली सृँखलाको प्रशारन निकै घटाएका छन् । यी यी टिभीले टेली फिल्ममा लगानी गर्न छाडेका छन् ।

यसैबीच टेलिश्रृंखला मात्रै प्रसारण गर्ने उदेश्य सहित प्रिज्मा टेलिभिजन संचालनमा आएको छ । काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै अब यो टेलिभिजनले टेली सृँखलामात्र प्रसारण गर्ने यसका आयोजकहरुले जनाएका छन् ।

यो टेलिभिजनका संरक्षक एवम् अभिनेता÷ निर्देशक नीर शाहले यो टेलिभिजनले विश्वभर छरिएर रहेका नेपालीभाषीलाई एक सूत्रमा बाँध्न आफुहरुले अब यसमा टेली फिल्ममात्र प्रशारण गर्ने बताए । नेपाल टेलिभिजनका सँस्थापक रहेका शाहले आफु नेपाल टेलिभजिनमा हुँदा टेली सृँखलाहरुलाई निकै महत्व दिएको र आजकाल त्यो अबस्था त्यहाँ नरहेको बताए,‘फिल्म क्षेत्रलाई जस्तै टेलिभिजनलाई पनि संकुचित क्षेत्रभित्र राख्दै आईएको छ ।’ टेलिश्रृंखलालाई संकुचित घेराभित्र राख्न नहुने उनले बताए,‘दुर्भाग्यको कुरा भन्नुपर्छ, प्रायः हामीले फिल्मको परिभाषालाई जसरी संकुचित घेरामा राखेका छौं, त्यसरी नै टेलिश्रृंखलालाई पनि यही घेराभित्र राख्ने गरेका छौं ।’

नेपालमा अहिले पनि ग्रामिण क्षेत्रका दर्शकले सबैभन्दा बढी टेलिभिजनमा टेली सृँखला नै हेर्ने कथन निर शाहको थियो । सोही कारण पनि प्रिज्मा टेलिभिजनले टेली फिल्मलाई महत्व दिन लागेको उनले प्रकाश पारे ।

यो टिभीका कार्यकारी निर्देशक निर्जल श्रेष्ठले नेपाली दर्शकलाई एक सूत्रमा बाँध्न मनोरञ्जनात्मक कार्यक्रम उपलब्ध गराउने उद्देश्यले टेलिभिजन च्यानल सञ्चालनमा ल्याइएको बताए । नेपाली टेलिफिल्मसँगै विभिन्न भाषाका विदेशी धारावाहिकलाई पनि नेपालीमा स्वराँकन गरेर गरेर प्रसारण हुने पनि उनले जनाए ।

‘टेलिभिजनमार्फत विश्व बजारमा सांस्कृतिक आदानप्रदानको अभियानलाई बलियो बनाउने र राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यको रुपमा सिरिजको माध्यम अपनाइने हाम्रो उदेश्य रहेको छ ।’ श्रेष्ठले भने ।

टेलिभिजनको संचालक एवं कलाकार पनाह अधिकारीले टेलिभिजनका उद्धेश्य’bout प्रकाश पार्दै अब टेली सृँखलाको निर्माण बढ्ने जिकिर गरिन् । अर्का संचालक ईश्वर थापाले नेपाली टेली चलचित्रको प्रवर्धनको लागि आफुहरुले यो टेलिभिजन स्थापना गरेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयर र उपमेयरमा सत्ता गठबन्धनको अग्रता