यी नायकले २० केजी बढाउन दिनमा सात पटक खानु प-यो

काठमाडौं । एउटा कलाकारले आफ्नो चरित्रलाई सार्थक तुल्याउन निकै ठुलो सँघर्ष गर्नु पर्छ । तत्कालै मोटाउन सक्नु पर्छ । तत्कालै दुब्लाउन पनि सक्नु पर्छ । तर यसरी मनाउने र दुब्लाउने क्रममा शारीरिक अबस्थामा निकै समस्या आउने उनीहरुको कथन छ ।

यस्तै समस्या अभिनेता नाजिर हुसेन र सौगात मल्लले चलचित्र अगस्ते च्याप्टर १ मा यसपटक भोग्नु परेको छ । यी दुबै कलाकारले दुई महिना भित्र कम्तिमा २० केजी मोटाउनु पर्ने थियो । यसरी २० केजी मोटाएका फेरी अर्को डेढ महिनामा २५ केजीसम्म दुब्लाउनु पर्ने थियो । कलाकारिताको यो यात्रामा आफुलाई यो नै सबैभन्दा चुनौती लागेको अभिनेता नाजिरले बताएका छन् ।

चलचित्र अगष्ट च्याप्टर १ यही १८ फागुनबाट रिलिज हुँदैछ । यो चलचित्रको ट्रेलर रिलिज समारोहमा यसको छायाँकनको अनुभव सुनाउँदा अभिनेता नाजिरको आँखामा आँसु छल्किएको थियो,‘कामकै सिलसिलामा जीवनको पल्लो छेउ पुगेर म फर्किएँ । डाक्टरको सल्लाह समेत नमानी काम गर्दा मलाई निकै गाह्रो भएको थियो ।’

यो चलचित्रका लागि सुरुमा २१ केजी तौल बढाएका यी अभिनेताले फेरी डेढ महिनामै त्यो २१ केजी भन्दा बढी तौल घटाउनु परेको थियो । तौल घटाउने क्रममा उनलाई जन्डिस भयो । सोही कारण चिकित्सकले नाजिरलाई पूर्ण आराम गर्न सुझाब दिए । तर उनी डाक्टरहरुको सुझाबलाई वेवस्ता गर्दै नेपालबाट यो चलचित्रको छायाँकनको लागि भारतको गोरखपुर पुगे ।

त्यहाँ पुगेर ४५ डिग्री सेस्लियसको गर्मिमा यो चलचित्रको छायाँकनको क्रममा उनी बेहोस अबस्थामा पुगे । सो घटना’bout स्मरण गर्दै नाजिरले भने,‘एक रात छायाँकनबाट फर्किएपछि सौचालयमा बस्दै गर्दा म उठ्नै सकिन् । मेरो आधा शरीर नै नचलेर पक्षघातको भएको जस्तो महसुस भयो ।’ उनले भने,‘एकातर्फ जन्डिस र अर्को तर्फ तत्कालै तौल घटाएर अत्यन्त गर्मीमा कामगर्दा मेरो शरीर साह्रै कमजोर भएर म थला परिसकेको रहेछु ।’ समयमै उचपार भएर आफु पक्षघात हुनबाट जोगिएको पनि अभिनेता नाजिरले बताए ।

जन्डिस हुँदाहुँदै पनि चलचित्रमा एक्सनको काम गर्नु पर्ने बाध्यता’bout यी अभिनेताले भने,‘लामो समयदेखि मैले सिनेमा नगरेका कारण थुप्रै टिका टिप्पणी झेल्नु परेको थियो । अर्को तर्फ मैले आराम गर्दा भारतमा चलचित्रको छायाँकन रेकिने र निर्मातालाई अझ धेरै घाटा हुने अबस्था आएपछि मैले चुनौती मोलेर बिरामी हुँदा पनि काम गर्नु परेको हो ।

यस्तै २५ केजी भन्दा बढी तौल घटाएका अभिनेता सौगात मल्लले पनि यो चलचित्रमा खाली खुट्टा पाँच दिनसम्म तातो सडकमा हिड्नु तथा दौडनु पर्दा पैतालाको एकपत्र छाला नै गएको थियो,‘मेरोलागि त्यो भूमिका निकै चुनौती थियो । नाजिरको जस्ती गम्भिर बिरामी नभए पनि सानातिना समस्या झेल्दै मैले त्यो छायाँकन सम्पन्न गरेँ ।’ सौगातले भने,‘हो, तातो सडकमा खाली खुट्टा दौडनु पर्दा पैतालाको एक पत्र छाला गएको थियो । तर मैले आफ्नो कामलाई पीडा भन्दा पनि कतब्र्य ठानेर राम्ररी सम्पन्न गरेँ ।’

यी दुबै अभिनेताले सुरुमा बास्तविक तौल भन्दा थप २० केजी मोटाउनु पर्ने थियो । यसका लागि दुबैले दैनिक सात पटकसम्म खाना गएका थिए । त्यो खुवाईलाई सम्झँदै अभिनेता नाजिरले भने,‘दुई महिनामा म २१ केजी मोटाउन सफल भएँ । दिनमा तीन पटक खाने मान्छेले सात पटकसम्म खानु पर्दा निकै गाह्रो हुन्थ्यो र कहिले काहीँ त खाना बढी भएका कारण बान्ता पनि हुन्थ्यो ।’ खानासँगै बडी बिल्डर कोचले आफुलाई सोही अनुसारको व्यायाम गराएका कारण दुई महिनामा २१ केजी तौल बढाउन आफुहरु सफल भएको यी दुबै अभिनेताले बताए ।

यसरी दिनमा सात पटकसम्म खाने बानी लागिसकेपछि फेरी छायाँकन सुरु गरेको १५ दिन पछिबाट शरीर घटाउने क्रम सुरु भयो ।यसपछि भने पहिलाको खानामा पूर्ण कटौती गरेर उसिनेको सागपात लगायत झोलिलो कुरा दिनमा एक दुई पटक मात्र उनीहरुले खानु पर्ने अबस्था आयो । यो अबस्थालाई अभिनेता सौगातले पालना गरेर मोटाएको भन्दा बढी तौल घटाए । नाजिरले पनि सोही अनुसारको कोशिस गर्दा बिरामी भएका थिए । यसरी एउटा चलचित्रको छायाँकनमा फरक चरित्रका लागि मोटाउने र दुब्लाउने प्रकृया आफैंमा निकै गाह्रो भएको यी दुई अभिनेताको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा कांग्रेस सबै भन्दा बलियो, बुटवलमा लालकिल्ला तोडियो