छायाँकनमा कलाकारका गालामा पीडादायी थप्पड

मुम्बई । फिल्मको सेटमा कयौं पटक यस्तो घटना हुन्छ, जुन कहिलेकाहीँ चर्चामा आउँछ । कतीपय घटनाहरु लुकाईन्छ । यस्तै कलाकारले छायाँकनको क्रममा राम्रोसँग समा अभिनय गर्न नसक्दा पटक पटक थुप्रै थप्पडहरुको सामना गर्नु परेका धेरै घटनाहरु छन् ।

थप्पड खानु पर्ने दृष्यमा आफुले १७ पटकसम्म थप्पड खाएको अनुभव अभिनेता अनिल कपुरले सुनाएका छन् । अनिल कपूरले फिल्म परिन्दाको सेटमा एकपछि अर्को थप्पड खानु परेको घटना आज पनि उनलाई सम्झना छ,‘यो फिल्मको सेटमा मैले एक–दुई होइन १७ वटा थप्पडको सामना गर्नुपरेको थियो । यस फिल्ममा मसँग थप्पडको दृष्यमा ज्याकी श्राफ थिए ।’ अनिल कपुरलाई गालामा थप्पड हान्नु पर्ने दृश्य सुटिङका क्रममा १७ टेकमा ओके भएका कारण त्यतिधेरै थप्पड खानु परेको उनले बताएका छन् ।

यस्तै अर्का अभिनेता अमिताभ बच्चनले पनि फिल्मको सेटमा वहिदा रहमानको थुप्रै थप्पड खानु परेको थियो । यसको खुलासा अमिताभ बच्चनले नै गरेका छन् । आफुलाई १० पटक भन्दा बढी थप्पड हान्नु पर्दा वहिदा रहमानले नै पटक पटक माफी मागेको कथन अमिताभ बच्चनको रहेको छ ।

अभिनेत्री तापसी पन्नुले पनि सेटमा धेरै थप्पड खाएको बताएकी छिन् । यस अवधिमा झगडा नभए पनि आफ्नो दृश्यलाई परिपक्क बनाउन द्धन्द्ध कलाकारलाई थप्पड हान्न लगाउँदा ती द्धन्द्ध कलाकारले गाला नै सुन्निने गरी पिटेको उनको कथन छ ।

कहिले काहीँ छायाँकनको क्रममा कलाकारहरुले सुनियोजित रुपमा पनि थप्पड हान्ने गरेका छन् भने कहिले काही छायाँकनको क्रममा निर्देशक आक्रोशित हुँदा कलाकारले थप्पड खाने गरेका छन् । फिल्म ‘कच्चे धागे’ को छायाँकनको क्रममा सैफ अली खानलाई निर्देशक टीनु वर्माले थप्पड हानेका थिए । यस अवधिमा सैफ अली खानले रिसाएर एक दिनभर कुनै पनि दृश्यको शट दिएनन् । यस फिल्ममा उनीसँगै अजय देवगन पनि थिए । पछि आपसमा कुरा मिलेपछि छायाँकन अघि बढेको थियो ।

यस्तै दिवँगत अभिनेता सञ्जीव कुमारले पनि फिल्मको सेटमा एक पटक थप्पड खानु परेको थियो । तर उनले बास्तविक रुपमै थप्पड खाएका थिए । अभिनेत्री नूतनसँग उनको प्रेम सम्बन्ध रहेको समाचार पत्रिकामा छापिएपछि सञ्जीव कुमारलाई आक्रोशित हुँदै अभिनेत्री नूतनले थप्पड हानेकी थिईन् । प्रेमको खबर मिडियामा आएपछि नूतन आक्रोशित भएर थप्पड हान्न पुगेकी हुन् ।

यस्तै सनी देओल सोहा अली खानसँग एक दृश्य शूट गर्दै थिए । जसमा अली खानले सनी देओललाई बास्तविक थप्पड नै हानेका थिए । त्यो धोकाको थप्पड भएकाले निकै पीडादायी हुनेगरी पिटेको अली खानले बताएका थिए । तर कुन कुराको धोका भनेर यी दुबै जनाले सुनाएन चाहेनन् ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुपाल्चोकमा माओवादी र समाजवादीका कार्यकर्ताविच झडप