नेपाली उद्योगबाट विदेशी कामदारलाई हटाउन सरकारसँग प्रभु साहको माग

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली उधोगमा नेपालीलाई नै रोजगार दिनुपर्ने बताउँदै विदेशी कामदारलाई हटाउँन सरकारसंग माग गरेका छन् ।

आजपा निकटको आम टे«ड युनियन फेडरेसन नेपालको आज काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपाली उधोगमा काम गर्ने पहिलो अधिकार नेपालीकै भएको बताए । नेपाली कामदार हुदाहुदै पनि उधोगहरुले विदेशी कामदारलाई प्राथमिकता दिएको बताउँदै उनले विदेशी कामदारलाई हटाएर नेपाली कामदारलाई रोजगार दिनुपर्ने बताए ।

‘नेपालको उधोगमा काम गर्ने पहिलो अधिकारी नेपाली कामदारकै हो । नेपाली कामदारले नेपालको उधोगधन्दामा काम गर्न पाउँनुपर्छ । तर यहाँ कतिपय उधोगले विदेशी कामदारलाई प्राथमिकता दिने, विदेशी कामदारलाई रोजगार दिने तर नेपाली कामदारलाई रोजगार नदिने मनोमानी काम भईरहेको छ’ आजपा अध्यक्ष साहले भने, ‘नेपालको उधोगमा नेपाली कामदारले नै पहिलो प्राथमिकता अनुसार काम पाउँनुका साथै सामाजिक सुरक्षा, न्यूनतम तलब कार्यान्वयन हुनुपर्छ ।’

नेपालका उधोगमा विदेशी कामदारले काम पाउँने तर नेपाली कामदारले रोजगार नपाउनु दुख रहेको बताउँदै उनले यस्तो अवस्थामा यहाँका टे«ड युनियनका ठेकेदारले किन आवाज उठाउँदैनन् ? सरकार किन यस बिषयमा मौन छ ? भन्ने प्रश्न समेत गरेका छन् ।

विदेशमा काम गरिरहेका नेपाली कामदारको हकअधिकार एवं सुरक्षाका लागि बैदेशिक रोजगार ऐन संशोधन गर्न आवश्यक रहेको अध्यक्ष साहले बताए । विदेशमा नेपाली कामदार लुटिएको अवस्था रहेको बताउँदै त्यसप्रति सरकार र टे«ड युयिनयनका ठेकेदारहरु मौन बस्नु आपतीजनक बिषय भएको उनले बताए ।

‘नेपाली युवाहरु विदेशमा काम गर्दा सुरक्षित छैनन् । नेपालबाट खाडीमुलुकमा काम गर्न जाँदा हटाकटा, स्वस्थ नै हुन्छन् । तर विदेशबाट कतिपयको शव नेपाल फर्किरहेको छ । तिनिहरुको सुरुक्षाका लागि यो सरकार किन मौन बस्छ ? किन केही बोल्दैन ?’ सरकारसंग प्रश्न गर्दै साहले भने, ‘नेपाली युवालाई नेपालमै रोजगार सृजना गरी रोजगार दिनुपर्छ । यहाँका उधोगमा नेपालीलाई नै पहिलो प्राथमिकतामा राखी रोजगार दिनुपर्छ । तर सरकारको ध्यान याता जादैन् । नेपालमा रोजगार दिन नसक्ने सरकारले विदेशमा काम गर्न जाने युवाहरुको सुरक्षा गर्न सक्नुपर्छ ।’

काठमाडौं अनामनगर स्थित तमुबुद्ध सेवा समितिको सभाहलमा सम्पन्न आम टे«ड युनियन फेडरेसनको दोस्रो राष्ट्रिय भेलबाट शिव थापाको अध्यक्षतामा १ सय १ सदस्यीय केन्द्रीय समितिको घोषणा सर्वसम्मत भएको छ । सो भेलाले ‘सामाजिक सुरक्षा, न्यूनतम वेतन कार्यान्वयन र नेपालको उद्योगमा विदेशी कामदारको सट्टा नेपालीलाई नै रोजगारीको व्यवस्था गर्नुपर्ने’ निष्कर्ष सहित सम्पन्न भएको आजपाका स्थायी समिति सदस्य बालकृष्ण सापकोटाले जनाएका छन् ।

यसैगरी सोही कार्यक्रमका बीच बिभिन्न पार्टी परित्याग गरी नेताहरु आजपामा प्रवेश गरेका छन् । नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ (नेविसंघ) काठमाडौंका नेता सुनिल विसुङ्खे, राप्रपा धनकुटाका नेता प्रेमबहादुर थापा, हिरा थापा र संखुवासभाका दिवस राई लगायतका नेताहरु पार्टी प्रवेश गरेको आजपाका उपमहासचिव चन्द्रभुषण साहले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको मौलापुरको कार्यपालिका सदस्यमा आठै जना निर्विराेध