म्याराथनमा केन्याली धावकको वर्चश्व

पोखरा । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२४ मा केन्याका जुलियास मुरौकी वाहोम विजेता भएका छन् । साविक उपविजेता ३८ वर्षीय जुलियास यसपालि च्याम्पियन बन्दै नगद ५ लाख रुपैयाँ पुरस्कार जित्न सफल भए ।

नेपाल भूतपूव खेलाडी मञ्च आयोजनामा पोखरामा शनिबार भएको ४२ दशमलब १९६ किमीको खुला म्याराथनमा उनीसहित केन्याकै धावक दोस्रो र तेस्रो हुन सफल भए ।

विजेता जुलियासले निर्धारित दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गरेका हुन् । गत उनले २ घण्टा २० मिनेट ३७ लगाएका थिए ।

केन्याका आइज्याक किहारा किमिरीले निर्धारित दूरी २ घण्टा २० मिनेट ०५ सेकेण्डमा पार गदैै दोस्रो भए । त्यस्तै, एड्विन किप्लागट मिरितिमले २ घण्टा २० मिनेट ४५ सेकेण्डमा पार गरी तेस्रोमा सीमित भए । नेपालको किरण बोगटी चौंथो भए । उनले २ घण्टा २४ मिनेट ०२ सेकेण्ड लगाए । उनीहरुले क्रमशः ३ लाख, २ लाख र ३० हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।

खुला म्याराथनअन्तर्गत गण्डकीतर्फ सफल लामा, देवप्रसाद जलारी र मनोज अधिकारी क्रमश पहिलो, दोस्रो र तेस्रो भए ।

महिला २१ किमीतर्फ सन्तोषी श्रेष्ठले १ घण्टा १८ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै १ लाख ५० हजार जितिन् । केन्याली अवीजल जेरोप १ घन्टा १९ मिनेट ०२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो हुँदा राममाया बुढा १ घण्टा १९ मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै तेस्रो र फूलमती रानाले १ घन्टा २१ मिनेट ०७ सेकेण्डमा दुरी पार गरी चौथो भइन् ।

पुरुष १० किमीमा टंकबहादुर कार्की, सुवास कार्की, सञ्जीव नेपाली क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

महिला १० किमीमा आशा रावत, सीमा चौधरी, नम्रता गुरुङ पहिलो, दोस्रो र तेस्रो बने ।

५ किमी छात्रमा तेन्जन रोक्कामगर पहिलो, प्रकाश थिङ दोस्रो र ईश्वर ढकाल तेस्रो भए भने छात्रातर्फ नारायणी भण्डारी पहिलो, गीता श्रेष्ठ दोस्रो र एन्जिला जिटी तेस्रो बनिन् । ५ किमी भेट्रान पुरुषतर्फ कपिल श्रेष्ठ, आइलाल शाही, नीमबहादुर थापा ताथ महिलामा चित्रा गुरुङ, विष्णुकुमारी गुरुङ र चेतमाया पगेनी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

विभिन्न ९ इभेन्टमा भएको सफल म्याराथनको मुख्य इभेन्ट खुला म्याराथनमा १ सय ८ जना धावकले भाग लिएका थिए । प्रतियागितामा नेपालसहित १६ राष्ट्रका धावकले भाग लिएका थिए । अपांगतातर्फको दौड भने गत साता सम्पन्न भइसकेको हो ।

पोखरा म्याराथन नेपालकै सर्वाधिक पुरस्कार राशि भएको म्याराथन समेत हो । विभिन्न इभेन्टअन्तर्गत ४१ जना विजेतालाई पुरस्कारमा मात्रै १८ लाख १६ हजार नगद प्रदान गरिएको आयाजक मञ्च अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । म्याराथनमा टेक्निकल डिभाइस चिप्स प्रयोग गरिएको प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान सदस्यसचिव एवं मञ्चका निवर्तमान पूर्व अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

गत वर्ष म्याराथनको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता भएको पोखरा म्याारथन पोखरा रंगशालादेखि सुरु भएर फेवाताल किनार क्याम्पिङ चोकमा पुगेर समापन भएको हो । सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा रन फर फनअन्तर्गत सयौं धावक एकै पटक दौडिँदा पोखरा गुलजार बनेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरको २७ वटा वडाको मतगणना सकियो, माओवादी निल