मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिदै

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिने भएका छन् । मधेश प्रदेश सभा आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको सभामुख रामचन्द्र मण्डलले बताएका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने केन्द्रीय सत्ता गठबन्धन सहमत भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले तत्काल विश्वासको मत गठबन्धनले मुख्यमन्त्री यादवलाई दिने निर्णय भएको नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिएको छन् ।

माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ ।

मधेश प्रदेश सभामा अहिले कायम रहेको १ सय ७ प्रदेशसभा सदस्यमध्ये प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका २३, नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टीका १८, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा माओवादी केन्द्रका ९ र नेकपा एकीकृत समाजवादी पार्टीका ७, स्वतन्त्रका ३, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीका १–१ सदस्य छन् ।

मधेश प्रदेश सभामा प्रतिनिधित्व गरेको १०७ जना प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्य चाहिन्छ। मुख्यमंत्री सरोजकुमार यादवले प्रदेश सभाबाट तेश्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
श्रीमान कांग्रेसबाट श्रीमती एमालेबाट चुनाव लड्दै