धनगढी उपमहानगरद्वारा २८३ जनाको क्यान्सर परीक्षण

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले क्यान्सर स्किनिङ्ग स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार उपमहानगरले वडा नं. १९ को फूलवारी स्वास्थ्य चौकीमा एक दिने शिविर सम्पन्न गरेको हो ।

उपमहानगरले नेपालगञ्जको खजुरास्थित शुशील कोइराला प्रखर क्यान्सर अस्पतालको समन्वयमा क्यान्सर स्किनिङ्ग स्वास्थ्य शिविर सञ्चालन गरेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।

क्यान्सर स्किनिङ्ग शिविरमा २ सय ४७ जना महिला र ३६ जना पुरुष गरी २ सय ८३ जनाले निःशुल्क सेवा लिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । शिविरमा सेवा लिएकामध्ये १४ जना महिला पाठेघरको मुखको क्यान्सरको शंकास्पद बिरामी भेटिएको,१८ जना महिलामा पाठेघरको मुखमा घाउ भएको, तीन जना महिलाको पाठेघर खसेको उनले बताए । शिविरमा २ जनामा क्यान्सरका पूर्ण शंकास्पद बिरामी भेटिएको तथा तीन जना क्यान्सरका पुराना बिरामीले समेत सेवा लिएको उनले बताए ।

शिविरमा सेवाग्राहीलाई क्यान्सरबाट बच्न सकिने जीवन पद्धति अपनाउन परामर्शसमेत गरिएको उनको भनाइ थियो ।

उपमहानगरको आमा बचाउ अभियान अन्तरगत क्यान्सर स्किनिङ्ग स्वास्थ्य शिविर सञ्चालन गरिएको धननगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले बताए । उनले भने ‘महिलाहरुमा पाठेघरको क्यान्सर,स्तन क्यान्सर बढी देखिन थालेको छ । आर्थिक अवस्था कमजोर भएकालाई जचाउन बाहिर जान समस्या हुन्छ । गाउँमै निःशुल्क जाँचको सेवा पाउन भन्ने उदेश्यले शिविर सञ्चालन गरेका हौँ ।’

‘गत वर्ष पनि उपमहानगरका २ ठाउँमा शिविर सञ्चालन गरेका थियौँ । उनले भने ‘क्यान्सका बिरामी बढी देखिन थालेपछि यो वर्ष ५ वटा ठाउँमा शिविर सञ्चालन गर्ने योजना हो । दुई वटा ठाउँमा शिविर भइसक्यो । अब तीन ठाउँमा फेरि शिविर सञ्चालन गर्छौ ।’

तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीकाे बसवरीयामा जसपाको खाता खुल्यो, अध्यक्षमा राम सिहासन निर्वाचित