धनगढीमा समुदायमा आधारित सरसफाई अभियान (फोटोफिचर)

धनगढी । ‘हाम्रो धनगढी, सफा धनगढी’ नारासहित धनगढीमा सरसफाई अभियान थालिएको छ । अभियानअन्तरतगत उपमहानगरपालिकाका हरेक वडाका टोल विकास संस्था, शिक्षण संस्था तथा स्थानीय बासिन्दाको सहभागिता रहने गरेको छ । धनगढी उपमहानगरपालिकाले “स्थानीयको सहयोगमा नियमित सरसफाई अभियान” अघि बढाइएको जनाएको छ ।

उपमहानगरपालिकाका सामाजिक विकास अधिकुत टंकबहादुर बिष्टले भने– एकदुई दिन मात्रै आफ्नो टोल, सडक सरसफाई गरेर पुग्दैन । यो (सरसफाई) नियमित रुपमा गर्नु आवश्यक हुन्छ । त्यसैले हामीले वडा, टोलका स्थानीयहरूको सहभागितामा नियमित सरसफाई गर्ने अभियान अघि बढाएका हौं ।

उपमहनगरपालिका वडा २ का सामाजिक परिचालिका निर्मला खड्का रावलले समुदायमा आधारित सरसफाई अभियानमा टोल विकास संस्था, शिक्षण संस्था, आमा समुह, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेख्य संख्यामा सहभागिता रहने गरेको बताइन् । उनले भनिन्– स्थानीय बासिन्दा स्वःस्फुर्तरुपमा सरसफाई अभियानमा जुट्ने गरेका छन् । विगतको तुलनामा अहिले हरेक टोल, वस्ती सफा देखिन थालेका छन् ।

सामाजिक विकास अधिकृत बिष्टले धनगढीका सबै १९ वडामा अहिलेसम्म ३१५ टोल विकास संस्था गठन भइसकेको जानकारी दिए । वडा कार्यालय अन्तर्गत रहने टोल विकास संस्थाका सदस्यहरू आआफ्नो टोलको सरसफाईका साथै विकास निर्माण कार्यमा सहभागी हुने उनले बताए ।

उनका अनुसार उपमहानगरपालिकाभरी प्लाष्टिकजन्य सामग्रीमा प्रतिबन्ध लगाइसकिएको छ । त्यस्तै, घरटोलबाट निस्कने फोहरलाई वर्गीकरण गरेर सम्बन्धित ठाउँमै गाडीमा लोड गरी ल्याण्डफिल साइटमा बिसर्जन गर्ने गरिएको छ ।

धनगढी–२ आदर्स टोलका हेम अधिकारीले सरसफाई आफ्नो स्वास्थ्यका लागि भएकोले आफु पनि धनगढी उपमहानगरको “आफ्नो टोल आफैं सफा गरौं” भन्ने अभियानमा नियमित रुपमा सहभागी हुने गरेको बताए ।

उनले आफ्नो घरवस्ती तथा टोल सरसफाई अभियानमा सक्रिय भएर सफा, सुन्दर र स्वच्छ धनगढी बनाउन सबै नगरवासी सहभागी बन्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रदेश संसदबाट राजिनामा दिएर मेयर बन्न आएका आजाद पराजित