१३ बुँदे घोषणापत्र जारी गर्दै चलचित्र पत्रकारको राष्ट्रिय भेला सम्पन्न

हेटौंडा । १३ बुँदे हेटौंडा घोषणापत्र सार्वजनिक गर्दै चलचित्र पत्रकार संघ नेपालको चार दिनको पहिलो राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला मंगलबार सकिएको छ । यो कार्यशाला शनिबारबाट मंगलबारसम्म हेटौंडामा आयोजना गरिएको थियो ।

चलचित्र पत्रकारिताका विविध विषयमा भेलामा छलफल तथा विमर्श भयो । जसमा चलचित्रका पनि आधा दर्जन विषयमा सेसन राखिएको थियो । भेलामा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्रकर्मीहरू नरेन्द्र महर्जन, आकाश अधिकारी, दिनेश डीसी, निश्चल बस्नेत, स्वस्तिमा खड्का, केकी अधिकारी, रवीन्द्र सिंह बानियाँ, दयाराम दाहाल, दिनेश डीसी आदिले भाग लिएर सेसनमा आफ्ना विचार राखे । यस्तै, चलचित्र पत्रकार संघका देशभरका १ सय ५० भन्दा बढी चलचित्र पत्रकार भेलामा सहभागी भए ।

भेलामा चलचित्र ऐन, पत्रकार आचारसंहिता, पर्यटन प्रवद्र्धनलगायतका विषयमा छलफल भएका थिए । चलचित्र संवाद, अन्तरक्रिया, कार्यशालालगायतका कार्यक्रम पनि भएका थिए ।

सहभागी वक्ताले नेपाली चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत परिवर्तन, कानुनी सुधार र सहकार्यको आवश्यकतामा जोड दिएका थिए । राष्ट्रिय भेला समापन गर्दै बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चलचित्र क्षेत्रको विकासमा काम गर्ने रणनीति निर्माण गरिरहेको बताए । उनले चलचित्रले समाजको विद्यमान अवस्था झल्काउने भन्दै गरिखाने वर्गको पक्षमा चलचित्रले भूमिका खेलेको देखिने धारणा व्यक्त गरे । उनले आगामी प्रदेशसभाको हिउँदे अधिवेशनले सो विधेयक पारित गरी ऐनका रूपमा जारी गर्ने सरकारको तयारी रहेको बताए ।

कार्यक्रममा बाग्मती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटाले विधागत पत्रकारितालाई प्रोत्साहन गर्न एक महिनाभित्र हातेपुस्तकसहित एप्रिसेसन कार्यशाला सञ्चालन गर्ने सरकारको तयारी रहेको जानकारी गराए । उनले चलचित्र क्षेत्रको व्यवस्थापनका लागि कानुन निर्माण कार्य अघि बढाएको बताए । उनले लघु चलचित्र निर्माणका लागि कार्यविधि बनाएर कार्यान्वयनको चरणमा रहेको र चलचित्र लेखनका लागि पटकथा लेखन तालिम सञ्चालन गरी सहयोग गरिने बताए ।

भेलाका आयोजक चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले चलचित्र क्षेत्रको विकास नभए चलचित्रकर्मी र पत्रकार दुवैको अस्तित्वमा खतरा पर्ने बताएका थिए । त्यसकारण सबैले मिलेर यस क्षेत्रको विकासमा लाग्नुपर्नेमा उनको जोड थियो ।

यसैबीच, अध्यक्ष बलामीले चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालाले हेटौंडा उपमहानगरपालिका–२ हेटौंडा, मकवानपुर घोषणापत्र–२०८० जारी गरेको जनाए ।

सो घोषणापत्रमा भीमफेदी कुलेखानी सुरुङ मार्ग निर्माण गरी हेटौंडासहित समग्र मकवानपुरलाई फिल्म हवका रूपमा विकास गर्न चलचित्र पत्रकार संघ नेपाल सम्बन्धित सरोकारवाला निकायसँग माग गरेको छ भने केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले स्थानीय पर्यटकीय ठाउँको पर्यटन प्रवद्र्धनका लागि सिनेमा पर्यटनलाई जोड दिँदै विभिन्न कार्यक्रम तय गर्न तीनै तहको सरकारसँग संघले माग गरेको छ ।

विट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना बनाउन सम्बन्धित निकायसँग मागसहित अनलाइन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनले समेट्न यो भेलाले आह्वान गरेको छ । स्वायत्त चलचित्र उद्योगका लागि समयानुकूल र नेपाली चलचित्रको विकासका लागि प्रभावकारी रूपमा चलचित्र ऐन यथाशक्य संशोधन गर्नका साथै नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रम तय गर्न पनि भेलाले तीनै तहका सरकार र सम्बन्धित निकायसँग माग गरेको छ । यस्तै, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि यो भेलाले माग गरेको छ ।

यस्तै, नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न र नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ति तथा संस्थासँग सहकार्य समन्वय गरी प्रोत्साहन र प्रवद्र्धन गर्न पनि यो भेला सम्बन्धित पक्षसँग माग गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन