ज्ञानदिल दासको जन्मस्थानमा साहित्य सम्मेलन

इलाम । इलामको फाकफोकथुम ३ आमचोकमा सन्तकवि ज्ञानदिल दासको प्रतिमा अनावरण र प्रथम ‘ज्ञानदिल दास साहित्यिक सम्मेलन’ हुने भएको छ । फाकफोकथुम गाउँपालिका–३ स्थित आमचोकमा आउँदो फागुन ११ र १२ गते हुने सम्मेलनका लागि तयारी गरिएको हो । सम्मेलनमा ज्ञानदिल दासको जीवनी र उनको बहुआयमिक व्यक्तित्व’bout अन्तरक्रिया गरी अभिलेख गरिने भएको छ ।

ज्ञानदिल दासको जन्मभूमि ‘आमचोक‘’को पहिचानसहितज्ञानदिलदासले नेपाली साहित्य, समाज सुधार र धार्मिक क्षेत्रमा गरेको योगदानको प्रचारप्रसार गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए । सन्तकवि ज्ञानदिल दासको जन्मभूमि’bout कतिपय पुस्तकमा गलत स्थान उल्लेख भएकाले तथ्यसहितको डकुमेन्ट तयार गरी सत्य इतिहास स्थापित गर्न समेत सम्मेलन आयोजना गरिएको उनको भनाई छ । ‘साहित्य सम्मेलनमा सहभागी हुन आउनेहरुलाई सन्तकवि ज्ञानदिल दासको जन्मभूमिको भ्रमण पनि गराउँछौं, यसले गर्दा उहाँको वास्तविक जन्मभूमिको पहिचान समेत हुनेछ’, अध्यक्ष खनालले भने, ‘ज्ञानदिल दासको जन्म आमचोकमा भएको विभिन्न तथ्यले प्रमाणित गरेपनि प्रचारप्रसार नहुँदा आमचोक ओझेलमा पर्दै आएको छ, त्यो तथ्यलाई हामी सत्यमा परिणत गर्नेछौं ।’

सम्मेलनको पहिलो दिन ज्ञानदिल दासको नाममा स्थापित मन्दिरको उद्घाटन, ज्ञानदिल दासको सालिक अनावरण र ज्ञानदिल दास’bout भारतको सिक्किमका अन्वेशक ‘वीर बलिभद्र कार्की डोली’ ले संकलन गरेको पुस्तक सार्वजनिक हुने प्रतिष्ठानका अध्यक्ष गुरुभक्त लामिछानेले जानकारी दिए ।

त्यस्तै, दोस्रो दिन ज्ञानदिल दासको जीवनी र उनको बहुआयमिक व्यक्तित्वको ’boutमा प्राज्ञिक बहस हुनेछ । ज्ञानदिल दासको जीवनी सम्बन्धी कार्यपत्र साहित्यकार प्रकाश परियार र बहुआयमिक व्यक्तित्वको ’boutमा साहित्यकार डा. देवी क्षेत्री दुलालले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्रमाथि विभिन्न व्यक्तिहरुले टिप्पाणीसहित प्राज्ञिक बहस र छलफल गर्ने कार्यक्रम रहेको छ ।

ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्म जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा फाकफोकथुम–३ आमचोक जोरधारमा लामिछाने उपाध्याय ब्राह्मण परिवारमा भएको थियो । उनको बाल्यकालको नाम श्रीकृष्ण लामिछाने हो । श्रीकृष्ण प्रारम्भिक शिक्षादीक्षा घरमा नै कुरुकुलीन पद्धतिबाट भएको थियो । जब उनी पाँचथर नाँगीनस्थित जरिङ्गे गाउँमा जोसमनी सन्त गुरु श्यामदिल दासको आश्रममा पुगेर गुरुबाट दीक्षित भए, तब उनको नाम ज्ञानदिल दास भयो । उनलाई यो नाम गुरु श्यामदिल दासले दिएका थिए । गुरु श्यामदिल दास जोसमनी सन्त–साहित्यका प्रकाण्ड विद्वान थिए ।

ज्ञानदिल दासले सामाजिक व्यवस्था, जातीय असमानता, लिङ्गीय विभेदका विरुद्ध विद्रोह गरेको पाइन्छ । जोसमनी सन्त परम्पराको प्रचार–प्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्तकवि ज्ञानदिल दासले जीवनको पूवार्ध नेपालमा र उत्तरार्ध भारतको दार्जिलिङ र सिक्किममा बिताएका थिए ।

सन्तकवि ज्ञानदिल दास बसेर धर्म प्रचार गरेको पश्चिम सिक्किमको गेलिङ तीर्थस्थल बनेको छ र हाल गेलिङधामले प्रसिद्ध छ । उनले पूर्वी नेपाल तथा भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म जोसमनी धर्म सम्प्रदायको प्रचार गरेको पाइन्छ । उनले ओखलढुङ्गाको रुम्जाटारलाई केही समय मुख्यथलोको रुपमा लिएर धर्म प्रचार समेत गरेको पाइन्छ । उनको निधन धर्म प्रचारकै क्रममा सिक्किमको गेलिङमा वि.स. १९४० कात्तिक २५ भएको थियो ।

नेपालबाट दार्जिलिङ पस्नुअघि ज्ञानदिल दासले नेपालका विभिन्न ठाउँमा जोसमनी मतको व्यापक प्रचार–प्रसार गरेका थिए । उनले पूर्व नेपालमा जोसमनी सङ्गठनलाई बलियो बनाउँदै धर्म प्रचार गरेका थिए । ज्ञानदिल दास र उनका छोरा रविदिल दासको ओखलढुंगाको रुम्जाटारमा सालिक निर्माण भएको छ । इलाम आमचोकको लामिछाने गाउँस्थित जोरधारा क्षेत्रमा शालिक र प्रतिमाका साथै मन्दिर पनि निर्माण भएको छ । उनको जन्म पश्चात हुर्केको ठाउँ, पानी खाने पँधेरो र ध्यान गर्ने गुफा समेत रहेका छन । सन्त ज्ञानदिल दासको जन्मभुमि फाकफोकथुम गाउँपालिकामा ज्ञानदिल दासले ज्ञान प्राप्त गर्न बसेका तिन वटा गुफा रहेका छन । उक्त गुफामा उहाँ एक रात, एकदिन रात र छ महिना ध्यान बसेको इतिहाँस छ । तिन बटा गुफा मध्यै चिते गसफामा सबै भन्दा बढी छ महिना ध्यान बसेका थिए । गुफाको माथिल्लो भागमा ज्ञानदिल दास र तल्लो भागमा बाघ बस्ने गरेको किम्बदन्ती रहेको छ ।

महाँगुरु फाल्गुनन्द फलामसिंह लिम्बू गोर्खा फौजमा हुँदा बर्मामा रहेको बेला जोसमनी साधु ज्ञानदिल दासका चेला मधुनन्दसँग सतसंग गरी जोसमनी मतमा दीक्षित भएर गुरुपन्जा पाइ फलामसिङ्हबाट साधु फाल्गुनन्द भएर वि.स. १९७५ मा नेपाल फर्की आए भनिएको छ । जोसमनी सन्त परम्पराको प्रचार गर्दै ज्ञान दिल दास भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म पुग्नुभएको थियो । इलामको फाकफोकथुम गाउपालिका वडा नं तीन आमचोकमा जन्मिनु भएका ज्ञान दिल दास संसारभर चर्चित भएपनि उहाँको जन्मस्थल भने अहिले सम्म पनि गुमनाम अवस्थामा रहेको छ ।

ज्ञान दिल दासको जन्म स्थलको विकासका लागि फाकफोकथुम गाउँपालिकाले गुरु योजना नै बनाएर काम थाली सकेको छ । बजेट अभावका कारण तत्काल संरचना निर्माण गर्न समस्या भएता पनि यसको विकासका लागि तिनै तहका सरकार सँग समन्वयको प्रक्रिया सुरु भइसकेको छ । ज्ञान दिल दासको जन्मभूमि पुग्नका लागि झापाको चारालीबाट उकालो यात्रामा कन्यामको हरियाली चिया बगान फिक्कल हुँदै इलाम सदरमुकाम आउन सकिन्छ भने नेपाल भारत सिमाना पशुपतिनगरबाट फिक्कल हुँदै इलाम बजार आएर पनि पुग्न सकिन्छ ।

इलाम बजारबाट बिव्ल्याँटे, नेपालटार, रक्से, राँके सम्म पक्की सडकको यात्रा हुँदै त्यहाँबाट कच्ची सडक पञ्चमी पुगेर फाकफोकथुम गाउँपालिका प्रवेश गर्दै इलाम बजार देखि करिब ५० देखि ६० किलोमिटरको यात्रामा ज्ञान दिल दासको जन्म स्थल पुग्न सकिन्छ । राँकेबाट करिब २५ देखि ३० किलोमिटरको कच्ची सडकको यात्रा सुरु भएपश्चात् फाकफोकथुम गाउँपालिकाको रमण्ीाय फाँटको अवलोकन सँगै त्यहाँ पुगेको पत्तै हुँदैन । यहाँ पुग्नका लागि पञ्चमीबाट दशमी हुँदै उत्तरे पुगेर फुङ सीङ जङ्गलको काखैबाट पनि आमचोक पुग्न सकिन्छ भने झापाको दमकबाट रवि हुँदै फाकफोकथुम गाउँपालिकाको फुएतप्पाबाट पनि यहाँ पुग्न सकिन्छ । त्यस्तै इलाम सदरमुकामबाट मेची राजमार्ग हुँदै इलाम नगरपालिका वडा नं एकको नेपालटारबाट देउमाई नगरपालिकाको मंगल’bout बजार हुँदै पनि यहाँ पुग्न सकिन्छ । मंगल’bout बजार पुगेपछि एकतप्पा, कोल्बोटे ज्ञानदिल दाशको जन्मस्थल आमचोक पुग्न सकिन्छ । यी जुनसुकै बाटो प्रयोग गरेपनि समान दुरीको यात्रमा यहाँ पुग्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको पूर्वखोला गाउँपालिकामा सवै पदमा एमाले विजयी