दोस्रो अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि मुसिकोटलाई

????????????????????????????????????

गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा संचालन भएको दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी मुसिकोट नगरपालिकाले जितेको छ । हिजो बुधबार सम्पन्न बेष्ट अफ फाइभमा भएको फाइनल खेलमा मुसिकोटले चन्द्रकोटलाई २५–१९, २५–१९ र २५–१८ को सोझो सेटमा हराउदैँ प्रतियोगिताको उपाधि जितेको हो । खेलमा प्रथम भएको मुसिकोटले नगद एक लाख ११ हजार १११ र द्वितीय भएको चन्द्रकोटले ५५ हजार ५५५ प्राप्त गरेका छन् । बुधबार नै सम्पन्न खेलमा मदाने गाउँपालिकालाई हराउँदै सत्यवती गाउँपालिका तृतीय भएको छ । सत्यवतीले ३३ हजार ३३३ प्राप्त गरेको छ ।

खेलमा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगदका साथै शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता अन्तरगत गाउँपालिकाले अन्तर पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिता र गाउँपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । पुरूष भलिबल प्रतियोगितामा छत्रकोट बाहेका बाँकी ११ पालिकाको सहभागीता गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिईन् ।

महिला भलिबल प्रतियोगितामा वडा नम्बर ३ सिर्सेनी प्रथम, वडा नम्बर ५ मलागिरी द्वितीय र वडा नम्बर ६ पुर्काेट दह तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ः ३३ हजार ३३३, २२ हजार २२२ र ११ हजार १११ का साथै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । गाउँपालिकाले फागुन ७ गतेदेखि खेलकुदका कार्यक्रमको आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए ।

गाउँपालिकाले पालिकाभित्रका विभिन्न क्षेत्रका खेलाडीलाई नगद र प्रमाणपत्र सहित सम्मान गरेको छ । भलिबलतर्फका खेलाडी मदाने –१ का सुवास विक, एथलेटिक्सतर्फका खेलाडी मदाने –२ कि गीता विक, भलिबलतर्फका खेलाडी मदाने –५ का चिरन खड्कालाई गाउँपालिकाले सम्मान गरेको छ । त्यसैगरी तेक्वान्दो तर्फका खेलाडी दीपा खड्का भण्डारी, रब्बीतर्फका खेलाडी किशान थापा, बक्सिङतर्फका खेलाडी चेत बहादुर थापा र सुनिल थापालाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र कुँवरले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्तो आयो काठमाडौंको ताजा परिणाम