सनातनी गणतन्त्र नेपाल

संविधानको निर्माण हुँदै गरेताकादेखि नै नेपाललाई हिन्दूराष्ट्र बनाइनुपर्ने माग जोडतोडले उठेको हो । संविधान निर्माणका क्रममा अत्यधिक बहुसंख्यक जनताको तर्फबाट यस्तो सुझावसमेत पनि दिइएकै हो । तर, कथित संविधान निर्माताहरूको कुनै अदृश्य बाध्यताले हो वा अरू कुनै निहित कारणले हो, नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो । धर्मनिरपेक्षताको अनौठो व्याख्या गरियो । धर्मनिरपेक्षता भनेको सनातन संस्कृतिको संरक्षण हो भन्ने नितान्त मौलिक व्याख्या राखेर दोधारे कुरा गरियो । धर्मनिरपेक्षता खोज्नेलाई ‘भयो नि’ भन्ने, अनि सनातनीहरूलाई ‘सनातन धर्मसापेक्ष नै भनिएको हो’ भन्ने जालझेल गरियो । यस्तो अनौठो पाराले गर्दा कसैको पनि चित्त बुझेन । सनातनीहरूले बहुसंख्यक जनतालाई ठगिएको र अन्याय भएको महसुस गरिरहे भने कुत्सीत स्वार्थद्वारा प्रेरित कथित धर्मनिरपेक्षतावादीहरूले चाहिँ अराजक ढंगले चलखेल गर्ने अवसरका रूपमा लिए ।

ध्रुवसत्यचाहिँ के हो भने संविधानमा लेखिए पनि वा नलेखिए पनि नेपाल सनातन बहुल राष्ट्र थियो र छ । धार्मिक स्वतन्त्रताको कुरा गर्ने हो भने सबै धर्म सम्प्रदायलाई आआफ्नो आस्था र विश्वासनुसार अभ्यास गर्ने पूर्ण स्वतन्त्रता थियो । एकतन्त्रीय तानाशाही व्यवस्था हुँदा पनि कसैको यो हक खोसिएको थिएन । सानो से सानो अल्पसंख्यकले पनि कहिल्यै गुनासो गर्नुपरेको अवस्था थिएन । प्रचण्ड बहुमतमा रहेको सनातनी बहुसंख्यक जनताले वास्तवमा सम्पूर्ण अल्पसंख्यक समुदायको सम्मान र संरक्षण नै गरेका थिए । सनातनीले यो सनातन बहुल राष्ट्र हो भन्ने तथ्यलाई अंकित मात्र गर्न खोजेका थिए, कसैको हक खोस्न खोजेका थिएनन् । तर, यति सब हुँदाहुँदै र बहुसंख्यक जनताले सनातनी बहुल राष्ट्र हो भन्ने उल्लेख गर्न खोज्दाखोज्दै पनि ‘धर्मनिरपेक्ष’ नामको बनावटी गहना किन भिर्नुपरेको ? नेपाल धार्मिक स्वतन्त्रतासहितको सनातन बहुल राष्ट्र हो भन्नेसम्म उल्लेख गर्न किन नसकेको ? प्रश्न अनुत्तरित नै छ । गहिरिएर उत्तर खोज्ने हो भने संविधान निर्माता भनिनेहरूका ’boutमा अनेकखाले आरोप लाग्नसक्छ र अझ गहिरिएर खोतल्ने हो भने त गम्भीर अपराधसमेत सिद्ध नहोला भन्न सकिन्न !

तात्विक रूपमा नेपाल सनातन बहुल राष्ट्र थियो र छ भने किन सनातनी भनेर किटेर लेख्नुपरेको त ? धर्मनिरपेक्ष भनेर लेखिँदा पनि के पो फरक परेको छ र ? यस्ता प्रश्न पनि उठ्न सक्छन् । हिन्दू वा सनातन राष्ट्र खोज्नेहरूबाट जवाफ खोजिएला ! अझ ‘राज्यको धर्म हुँदैन’ भन्ने अत्यन्तै उदारवादी लोकतान्त्रिक नारा पनि उचालिएला । सतही रूपमा हेर्दा र सुन्दा यी प्रश्नको जवाफ पनि सहज नहोला । संविधान जारी भएको दिनदेखि नै उठेका असन्तुष्ट आवाजहरू पछिल्ला दिनमा झनै घनिभूत हुँदै जानुको पछाडि कुनै गहिरै रहस्य वा कारण पो लुकेको छ कि ?

नेपाल धर्मनिरपेक्ष घोषित भएपछि र नयाँ संविधान जारी भएपछिका समग्र परिदृश्यलाई केलाउने हो भने अत्यन्तै शंकास्पद क्रियाकलापहरू भएको देखिन्छ । धर्मनिरपेक्षता वास्तवमा राज्यको वा समाजको पहिचान झल्काउने बिम्ब मात्र हो, कसैको पहिचान मेटाउने अस्त्र वा अधिकार पटक्कै होइन । तर, यहाँ त्यसलाई बहुसंख्यकको पहिचान धुमिल गर्ने, बदनाम गर्ने, मेटाउने र कालान्तरमा आयातीत संस्कृतिको बाहुल्यता कायम गर्ने अस्त्रका रूपमा प्रयोग भयो । नेपाल हिन्दू अधिराज्य हुँदा पनि यहाँ पहाडका कुना कन्दरामा समेत इस्लाम धर्मावलम्बीका मस्जिद थिए । कसैले त्यहाँ आपत्ति जनाएका थिएनन् । तर, आज साँझसम्म १५÷२० जना पनि इसाई नभएका ठाउँमा भोलिपल्ट दुई तीन चर्च रातारात उम्रनु र ती चर्चमा सयौंको संख्यामा प्रार्थना गर्नेहरू देखिन थालेपछि बहुसंख्यक जनता झस्किनु स्वाभाविक हो । अझ ती नवअनुयायीहरूका अगुवाहरू सनातनीका रीत परम्पराविरुद्ध खुलेर लागेको देखेपछि स्थिति झनै अप्ठ्यारो हुनथाल्यो । बहुसंख्यकले यो आकस्मिक रूपान्तरणलाई धर्मनिरपेक्षताको आडमा चलाइएको सुनियोजित षड्यन्त्रका रूपमा बुझे, आयातीत संस्कृतिको नाजायज तुष्टिकरणका रूपमा लिए । सनातनी राष्ट्र घोषित भयो भने आफू र आफ्नो संस्कृति सुरक्षित हुन्छ भन्ने ठहर धेरैले गरेका छन् ।

यस मुद्दामा दुई नितान्त विपरीत ध्रुवका विचारधाराहरूको अनौठो मेल देखिन्छ । राजा र राजतन्त्रका परमभक्तहरू हिन्दू वा सनातन राष्ट्र र राजा नछुट्टिनेगरी जोडिएको देख्छन् । उनीहरू हिन्दूराष्ट्र चाहन्छन् ’cause उनीहरूलाई हिन्दूराष्ट्र भएपछि स्वतः राजा स्थापित हुन्छन् र त्यो पनि कुनै निश्चित कूलको राजा आउँछन् भन्ने बुझाइ राख्छन् । अर्कोतिर प्रगतिशील भनाउँदाहरूको बुझाइमा पनि हिन्दुत्व र राजतन्त्र जोडिएको छ । उनीहरू पनि हिदूराष्ट्र भएपछि स्वतः राजा आउँछन् भनेर नै सोच्छन् र त्यसो भएको हुँदा हिन्दूराष्ट्र चाहँन्नन् । एउटालाई राजा चाहिएको हुँदा हिन्दूराष्ट्र चाहियो र अर्कोलाई राजा नचाहिने भएको हुँदा हिन्दूराष्ट्र चाहिएन । यी दुवैको बुझाइ गलत छ ।

बहुसंख्यक आमजनतालाई चाहिँ राजा वा राजसंस्थाप्रति कुनै मोह छैन, तर आफ्नो पहिचान रक्षाका लागि हिन्दूराष्ट्र चाहिएको छ । नेपाली कांग्रेस पार्टीको ठूलो बहुमत यस लाइनमा आइसकेको छ । प्रमुख प्रतिपक्षी एमालेका केही र माओवादीका अधिकांशले जतिसके छिटो यस लाइनमा उभिएको राम्रो हो । अन्यथा आमजनतामा हिन्दूराष्ट्र ल्याउनकै लागि राजाको पक्षमा उभिने जनमत सिर्जना नहोला भन्न सकिन्न । अर्कोतर्फ आफूलाई राजावादी भन्नेहरूले पनि राजालाई छोडेर सनातन राष्ट्रको लाइनमा उभिनुपर्छ । राजालाई समातेरै बस्ने हो भने तिनीहरू वास्तविक अर्थमा हिन्दूराष्ट्र चाहन्नन् भनेर सिद्ध हुन्छ । बहुसंख्यक नेपालीले खोजेको सनातनी गणतन्त्र नेपाल हो ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मेनपावरहरूले खुलेआम लाखौं रकम असुली गरिरहदा सरकार किन मौन छ: प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माझी महिला बनिन् वडाअध्यक्ष