लालबन्दी महोत्सव ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा

सर्लाही । प्रथम लालबन्दी महोत्सवको हिजो बिहीबार मधेस प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले उद्घाटन गरिन् । लालबन्दी महोत्सव ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न खालका स्टलहरु समावेश गरिएको छ।

यसैगरी जन्ता आधारभुत विधालय लालबन्दी–११ हिरापुरका प्रधानाध्यापक पुष्पबहादुर श्रेष्ठले लालबन्दी महोत्सवमा पहिलो दिन नै स्कुले बालबालिकालाई पठन पाठन बन्द गराएर गलत रुपमा प्रयोग गरेको बताए । व्यवसाय प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको र महोत्सवमा बालबालिकाको व्यवसायसँग कुनै सरोकार नभएको उनले बताए ।

विधालयले आयोजना गर्ने विज्ञानका विषयमा प्रदर्शनी भएको भए स्कुले बालबालिकाको सही प्रयोग हुन्थे तर व्यपार गर्ने ठाउमा बालबालिकालाई खेल खेलाउने, नृत्य गराउने यो महोत्सवको मर्म विपरीत काम आयोजकले गरेको प्रधानाध्यापक श्रेष्ठको भनाई छ ।

हरिभवन, नवलपुरसम्मको विधालयलाई हिडाएर लयाउनु र महोत्सवमा बालबालिका जम्मा पार्नु र व्यपारीको सहभागिता कम हुनु दुखद भएको, यो शैक्षिक महोत्सव भन्ने कि व्यपारिक महोत्सव बुझ्नै ग्राहो भयो प्रअ श्रेष्ठले भने ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौं, नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशको सहयोग तथा लालबन्दी नगरपालिकाको संरक्षण र उद्योग वाणिज्य संघ लालबन्दीको आयोजनामा महोत्सव सुरु भएको छ। कृषि, पर्यटन, व्यापार, स्वरोजगार र आत्मनिर्भरताको आधार मुल नारा सहित लालबन्दीमा जारी महोत्सव १९ फागुनसम्म संचालन हुने छ।

विभिन्न झाँक्री सहित लालबन्दीको डुमडुमे मन्दिरबाट सुरु भएको र्‍याली लालबन्दी वडा नं. ६ मा रहेको खेलमैदान प्रवेश गरेको थियोे । नेपाल दलित पञ्चे बाजा समुह, सर्लाही जिल्ला फुटवल संघ र क्युसिन करातेलगायत विभिन्न समूहले आ–आफ्नै प्रस्तुती देखाएका थिए।

उद्घाटन समारोहमा प्रदेश संसद बेची लुङगेली,लालबन्दी नगरपालिका प्रमुख बाशुदेव अधिकारी, प्रमुख जिल्ला अधिकारी मोमलप्रसाद धमला, सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीलगायतको उपस्थित रहेको थियो । महोत्सवमा राष्ट्रिय स्तरका कलाकाहरुको प्रस्तुति रहेने आयोजक लालबन्दी उद्योग बाणिज्य संघ लालबन्दीले जानकारी दिएको छ। महोत्सव आकर्षकको रुपमा विभिन्न खेल तमासा देखाइने छ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडाध्यमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ बिजयी