प्रसुति गृहबाट हराएको शिशु काँडाघारीमा फेला, ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । शिशु चोरीको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मानकुमारी सिंहसहित अन्य दुई जना रहेका छन् । महिलाकी दिदी र श्रीमानलाई समेत नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी प्रवक्ता नेपाल प्रहरी नायव महानिरीक्षक भीम ढकालले जानकारी दिए ।

गएराति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो ।

विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मानकुमारीले शिशु चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी परिवारको जिम्मा लगाइएको छ ।

काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् । सहयोगको बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले बताएपछि प्रहरीले खोजी थालेको थियो । रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको सिसिटिभीमा देखिएको थियो ।

शिशु चोर्ने महिला प्रसूति गृहमा भर्ना
शिशु चोरी गरेर पक्राउ परेकी दैलेखकी २६ वर्षीया मानकुमारी सिंहलाई अस्पताल भर्ना गरिएको छ । अत्याधिक रक्तश्राब भएपछि सिंहलाई शनिबार बिहान थापाथली प्रसूति गृहमै भर्ना गरिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए । काँडाधारीस्थित डेराबाट पक्राउ गरी उनलाई राति सिंहदरबार प्रहरी वृत्तमा राखिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी